तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपति भण्डारी र पूर्वराजाले गरे पशुपतिनाथ को दर्शन

429
shares

महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेकी छन् ।

राष्ट्रपति भण्डारी रले मूल मन्दिर प्रवेश गरी विधिपूर्वक पूजा आराधना एवं दर्शन गरेकी हुन् । उनले विधि अनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना गरेकी थिइन् । राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक, कर्मचारी लगायतले स्वागत गरेका थिए ।

 

यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले पूजा आराधाना गरेका छन् । राष्ट्रपति भण्डारी पुगेको २० मिनेट पछि मन्दिर प्रवेश गरेका पूर्वराजाले पूजा आराधाना गरेका हुन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको कोषले जनाएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिमा प्रत्येक वर्ष राष्ट्राध्यक्षले पशुपतिनाथमा विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ ।

महाशिवरात्रिका अवसरमा आज बिहानै देखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports