२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उमेरहदका कारण टोपबहादुर रायमाझी आज कार्तिक २६ गते कैद मुत्त हुदैँ

65
shares

काठमाडौं । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी तीन वर्ष ६ महिना जेल सजाय पूरा गरेर आज थुनामुक्त हुँदै छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा दोषी ठहर भई रायमाझीले कैद भुक्तानका लागि डिल्लीबजार कारागारमा थिए ।रायमाझीले उमेर हदको सुविधा पाउनका लागि जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए । उनी कात्तिक २६ गते ६५ वर्ष पुगेका छन् । अदालतको आदेश अनुसार उनी कैदमुक्त हुन लागेका हुन् ।

उनले निवेदनसँगै जेष्ठ नागरिकका लागि ६५ वर्ष पुगेको कागज प्रमाण पेस गरेका थिए । अदालतबाट आजको मितिमा थुनामुक्त गर्न भन्दै पठाएको पत्र डिल्लिबजार कारागारमा पुगिसकेको छ ।रायमाझी २०८० वैशाख ३१ देखि उनी थुनामा छन् । नक्कली भुटानी प्रकरणमा २०८३ असार ३० गते जिल्ला अदालत काठमाडौंले रायमाझीलाई दोषी ठहर गर्दै चार वर्ष कैद सजाय तोकेको थियो ।

उनलाई ठगी, राज्यविरूद्धको कसुर, संगठित अपराध कसुर गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । गत कात्तिक १३ गते काठमाडौं अदालतका न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले जेष्ठ नागरिकको सुविधा प्रदान गर्ने निर्णय गर्दै कैदमुक्त गर्न आदेश दिएका थिए । जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई २५ प्रतिशतसम्म छुट दिने व्यवस्था उल्लेख छ ।

रायमाझीलाई ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ती वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरूद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिबाना र एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार जरिबाना ठहर भएको थियो ।कैद छुट भए पनि जरिबाना भने सबै कसुरको व्यहोर्नुपर्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports