एनपीएलमा आज बिहीबार दुई खेल हुदैँ पहिलो खेल विराटनगर र पोखराबीच हुने, दोस्रो कर्णाली र लुम्बीनी बीच हुने
वि.सं.२०८३ कात्तिक २६ बिहीवार १२:१३
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछ ।
आज दिउँसो साढे १२ बजेदेखि सुरु हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछ ।जारी प्रतियोगितामा विराटनगर किंग्सले ५ खेलमा २ जित र ३ हारसहित ४ अंक हासिल गरेको छ र छैटौं स्थानमा रहेको छ ।
त्यस्तै, पोखरा एभेन्जर्सले भने ५ खेलमा एक खेलमा मात्र जित हासिल गरेको छ ।त्यसैगरी, आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्नेछ । कर्णालीले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ र ४ अंकसहित सातौं स्थानमा छ भने लुम्बिनीको ५ खेलमा ७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
































