लुम्बिनी लायन्स एनपीएलको प्लेअफ पुग्ने पहिलो टिम
वि.सं.२०८३ कात्तिक २६ बिहीवार २१:०३
shares

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ ।
बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै प्लेअफमा स्थान बनाएको हो ।कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले २० बल अगावै ६ विकेट गुमाएर पूरा गरेको हो ।६ खेलबाट लुम्बिनी ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । लुम्बिनीले अब लिग चरणको आफ्नो अन्तिम खेल विराटनगर किंग्ससँग खेल्नेछ ।
अर्कोतर्फ लगातार चौथो हार बेहोरेको कर्णालीको प्लेअफ सम्भावना भने कमजोर बनेको छ । सुरुवाती दुई खेलमा जित हात पारेको कर्णालीले त्यसपछि लगातार चार खेलमा पराजित भएको हो । कर्णाली ६ खेलबाट ४ अंकसहित सातौं स्थानमा छ ।लुम्बिनीका लागि डार्शी सर्टले सर्वाधिक ४६ रन बनाए ।
बलिङमा कर्णालीका लागि मार्क वाटले शानदार प्रदर्शन गरे । उनले ४ ओभरमा १ ओभर मेडन राख्दै १२ रन मात्र खर्चेर ४ विकेट लिए । पवन सर्राफ र हुसेन तलतले १-१ विकेट लिए ।त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रनमा अलआउट भएको थियो ।
कर्णालीका लागि सोमपाल कामीले १८ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा सर्वाधिक २८ रन बनाए ।लुम्बिनीका लागि बलिङमा अभिशेष गौतम, डार्शी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले २-२ विकेट लिए ।































