सन्दीप लामिछानेको ह्याट्रिक सहित ६ विकेट
वि.सं.२०८३ कात्तिक २६ बिहीवार १४:२५
shares

काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा ह्याट्रिक विकेट लिएका छन्। उनले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका हुन्।
उनी यस सिजन एकै खेलमा ६ विकेट लिने पहिलो बलर बनेका छन् । यसअघिका ५ खेलमा १ विकेट मात्र लिएका उनले आफ्नो छैटौं खेलमा ६ विकेट लिए ।उनले १५औं ओभरको तेस्रो, चौथो र पाँचौ बलमा लगातार विकेट लिएका हुन् । सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने तेस्रो खेलाडी बनेका छन् ।
सन्दीपले ३ ओभरमा २३ रन खर्चेर ६ विकेट लिएपछि पोखराको मध्यक्रम ध्वस्त भएको छ । उनी एकै खेलमा ६ विकेट लिने पनि तेस्रो खेलाडी बने ।




































