निर्वाचनमा भागलिने दलहरूको नाम फागुन २६ भित्र प्रकाशित गर्ने निर्वाचन आयोगको तयारी
वि.सं.२०७८ फागुन २० शुक्रवार ०८:१८
shares

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने दलहरुको नामावली फागुन २६ गते भित्र प्रकाशन गर्ने भएको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्ध मा जाँचबुझ भइरहेको छ र निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम फागुन २६ गतेभित्रमा प्रकाशन गरिनेछ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।
यस्तै, स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको नामावली सम्बन्धित निकाय बाट प्राप्त भएको र ती नामावलीहरु हाल अध्ययनको क्रममा रहेको आयोगले जनाएको छ ।






































