linktrix Long Ad
Salt Trading Long Ad

सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउनेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

858
shares

गृह मन्त्रालयले सामाजिक सञ्जालको दुरूपयोग गरी शान्ति खलबल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्ति माथि कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ- विगत केही समय देखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको प्रयोग गरी फेसबुक, युट्युब, टिकटक लगायत सामाजिक सञ्जालमा भ्रामक एवं झूटा क्याप्सन राखी भिडिओ तथा तस्वीरहरू अपलोड गरेको देखिएको हुँदा त्यस्ता क्रियाकलापमा संलग्न जोसुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ। त्यस्ता क्रियाकलाप विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने गृहले चेतावनी दिएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports