पेट्रोलियम पदार्थको मूल्य बृद्धिको बिरोधमा राप्रपा नेपालको बिधार्थी सगठनले निकाल्यो राँके जुलुस
वि.सं.२०७८ फागुन २१ शनिवार २०:१६
shares

राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा राँके जुलुस प्रदर्शन गरेको छ ।
उक्त विद्यार्थी संगठनले शनिबार साँझ पार्टी कार्यालय धुम्बाराही बाट निकालेको जुलुस चाबहिलको पुल पुगेर कोण सभामा परिणत भएको थियो । बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने , भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दू राष्ट्र कायम हुनुपर्ने जस्ता नारा लगाउदै जुलुस प्रदर्सन भएको हो । कोण सभालाई सम्बोधन गर्दै विद्यार्थी संगठनका अध्यक्ष कमल बमले सरकार भ्रस्टाचारमा लिप्त भएको र जनताको ढाड सेकिने मूल्य वृद्धिलाई भने निरन्तर जारी राखेको भन्दै चर्को आलोचना गरेका थिए ।






























