२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएल फाइनलको टिकट केही समयमै ‘ सोल्ड आउट ‘

26
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको फाइनलको टिकट ‘सोल्ड आउट’ भएको छ ।

शुक्रबार एनपीएलको टिकटिङ पार्टनर खल्तीले दिउँसो १ बजे फाइनलको टिकट खुलाएको थियो । सो टिकट खुलेको एकैछिनमा सोल्ड आउट भएको हो ।

यस सिजन उपाधिका निम्ति फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्दै छन् । फाइनल खेल शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुनेछ ।

सुदूरपश्चिमले बिहीबार क्वालिफायर्स–२ मा चितवन राइनोजलाई तीन विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । लुम्बिनीले भने क्वालिफायर्स–१ मा सुदूरपश्चिमलाई नै हराएर फाइनल प्रवेश गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports