विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से १.५ अङ्क भन्दा धेरैले बढ्यो, साथै नेप्से भोलि बन्द हुने

663
shares

साताको दोस्रो दिन सोमबार बजार मापक सूचक नेप्से १.५ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २५४४ विन्दुमा पुगेको छ । आज नेप्सेमा दिनै भरि उत्साह देखि पनि बन्द हुने बेलामा भने घट्दै आएको थियो ।

नेप्सेमा झिनो हरियाली देखि पनि कारोबार रकम भने २ अर्ब ६० करोडमा सीमित भएको छ । आज दिनै भरिमा २३० कम्पनीको शेयर खरिद बिक्री भएकोमा ६५ कम्पनीको शेयर मूल्य मात्र बढेको छ साथै ८ कम्पनीको भने यथावत रहेको छ । बाँकी कम्पनीको शेयर मूल्य भने घटेको छ । शिवम् सिमेन्टको शेयर खरिद बिक्री सबै भन्दा धेरै हुँदा बीमा समूहको उपसूचक धेरैले घटेको छ ।

बैंक र होटल उपसूचक सामान्य बढ्दा अन्य सबै उपसूचक भने राताम्मे भएका छन । आज कुनै पनि कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छैन भने धेरै कारोबार हुनेको सूचीमा नेपाल दुरसञ्चार कम्पनी दोस्रो स्थानमा रहेको छ ।

 

नेप्से भोलि बन्द हुने भएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेप्सेले भोलि कारोबार बन्द गर्ने भएको छ । मार्च ८ मा अन्तराष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports