नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्री खतिवडाले मृत्‍यु पश्चातको अंगदान गर्न आग्रह

533
shares

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्‍यु पश्चातको अंगदान गर्न आग्रह गरेका छन्।

बिहीवार विश्व मिर्गौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभात फेरी लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्यु पश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन् ।

नाता पर्ने जति सबैले मिर्गौला दान गर्न सक्ने उनले स्पष्ट पारे । उनले भने, ‘मिर्गौला पीडितले आफुलाई मिर्गौला दिने, म्याच गर्ने मान्छेहरुको खोजी गर्न नसक्नाले पनि केही मान्छेहरु उपचारबाट वञ्चित भएको देखिएको हो । मृत्युपश्चातको अंग दान गर्न सक्यौँ भने अझ मिर्गौला पीडितहरुले धेरै सुविधा पाउन सक्नुहुन्छ ।’ मन्त्री खतिवडाले मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरु पनि मिर्गौला नफेरेका व्यक्तिहरु जस्तै स्वस्थ हुन सक्ने भन्दै आत्तिनु नहुने बताए । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरुले चिन्तित भएर आफुलाई कमजोर बनाउनु नहुने उनको भनाइ छ ।

१० मार्चको दिन मनाइने विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports