नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदीय दलको नेतामा खिमलाल भट्टराई, प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त : एमाले

598
shares

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को राष्ट्रिय सभा संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उनलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा नियुक्त गरेका हुन्। ओलीले राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा देवेन्द्र दाहाललाई पनि आजै नियुक्त गरेका छन्।

दुबै जनालाई ओलीले आफ्नो निवास बालकोटमा नियुक्तिको पत्र दिएका हुन्। ‘उहाँले तपाईंहरूलाई गह्रुंगो जिम्मेवारी छ। पार्टीले देशको नेतृत्व गरिहाल्छ। लोकतन्त्र र संसदीय मर्यादा जोगाउन तपाईंहरू जिम्मेवार भएर लाग्नुहोस् भन्नुभयो,’ भट्टराईले भने। यसअघि सुमन प्याकुरेल राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता थिए। उनको पदावधि फागुन १९ गते सकिएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports