नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शर्माले ओलीलाई मतपत्रको रङ देखेर नतर्सिन आग्रह

689
shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मतपत्रको रङ देखेर नतर्सिन आग्रह गरेका छन् ।

निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय निर्वाचनमा चुनाव चिह्न हरियो रङको बनाउने निर्णय गरेको छ । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई फाइदा हुने गरी चुनाव चिह्न हरियो बनाउन खोजेको भन्दै आयोगको आलोचना गरिरहेका छन्।

महामन्त्री शर्माले ओलीलाई मतपत्रको रङ भन्दा आफ्नो ढंग सच्याउन सुझाव दिए । ‘मतपत्रमा हरियो रङ देख्ने बित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला ? त्यस कारण मतपत्र हेरेर नतर्सिऔँ । मत परिणाम हेरेर तर्सिनु पर्ने दिन आउला’ उनले भने ।

मतपत्रको रङ कस्तो बनाउने भन्ने निर्णय निर्वाचन आयोगले स्वतन्त्र रुपमा गर्न सक्ने महामन्त्री शर्माले बताए । ‘निर्वाचन आयोगले मतपत्रको कुन रङ राख्ने भनेर निर्णय गर्नेसम्म स्वतन्त्रता राख्दैन ? उसले विवेक पुर्‍याएको मान्नुपर्दैन ? उसले विगतमा भएका रातो, हरियो, कालो मध्ये कुनै एक रङ राख्दै गर्दा परम्परालाई उसले पालना गरेको होइन ? यो विषयमा प्रवेश गर्नुभन्दा हामी राजनीतिक दल वहस गरौं’ उनले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports