नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मतगणना गर्न सजिलो होस् भनेर हरियो गर्दै : निर्वाचन आयोग

481
shares

निर्वाचन आयोगले मतगणना गर्न सजिलो होस् भनेर मात्रै स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्र र चुनाव चिन्हको रङ परिवर्तन गर्दै हरियो बनाउन लागिएको बताएको छ।

०७४ सालमा भएको स्थानीय चुनावमा आयोगले मतपत्र र चुनाव चिन्ह तथा मतदानको संकेत गर्ने स्वस्तिक छापको रङ एकै रङ (निलो) प्रयोग गरेको थियो। मतपत्र, चुनाव चिन्ह र स्वस्तिक छापको रङ समान हुँदा मतगणनामा अप्ठ्यारो आइपरेकोले यसपालि मतपत्र र चुनाव चिन्ह हरियो तथा मत संकेत गर्ने स्वस्तिक छापको रङ निलो राख्ने निर्णय भएको आयोगको भनाइ छ।


आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनका लागि मतपत्र डिजाइन तथा रङ तय गर्ने अधिकार आयोगमा रहेको बताए। आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले मतपत्र र चिन्हको रङ हरियो किन राखियो भनेर अन्यथा सोच्नुपर्ने केही कारण नभएको बताए।

‘मतगणना गर्न सजिलो होस् भनेर मतपत्र, चुनाव चिन्ह र स्वस्तिक छापको रङ फरकफरक गर्न लागिएको हो। विभिन्न कुरा बाहिर आएका छन्, यसलाई औपचारिक रूपमा आयोगले कसरी छलफल गर्ने र अन्य निर्णय गर्नुपर्ने भए आयोगकै क्षेत्राधिकारभित्र पर्ने भएकोले पछि निर्णय होला,’ उनले भने। आयोगले नितान्त प्राविधिक कारणले रङ परिवर्तन गर्ने निर्णय गरेको उनले बताए।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports