तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सशस्त्र प्रहरी बलका एक जना हवल्दार सहित खैरो हिरोइन कारोबारी गिरोहका ११ जना पक्राउ

429
shares

लागूऔषध खैरो हिरोइनको कारोबारमा सशस्त्र प्रहरी बलका एक जना हवल्दारको संलग्नता देखिएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले गरेको अनुसन्धानका क्रममा सशस्त्र प्रही बलको नं.२ हेडक्वार्टर झापामा कार्यरत सशस्त्र प्रहरी हवल्दार खगेन्द्र भुजेलको लागूऔषध कारोबारमा संलग्नता देखिएको हो । ब्यूरोका प्रमुख एसएसपी हृदय थापाका अनुसार एक जना भारतीय लागूऔषध कारोबारी मार्फत उनको संलग्नता पुष्टि भएपछि भुजेललाई पक्राउ गरिएको छ । उनी सशस्त्र प्रहरी बलको भद्रपुर स्थित बोर्डर आउट पोष्ट (बीओपी) मा कार्यरत रहँदा तस्करीमा संलग्न भएका थिए । पछिल्लो समय ब्यूरोले अनुसन्धान सुरु गरेपछि उनलाई सशस्त्र प्रहरी बलले निलम्बन गरेको थियो ।

‘काठमाडौंमा एक जना लागूऔषध प्रयोगकर्ता पक्राउ गरेपछि त्यसलाई फलो गर्दै जाँदा भुजेल संलग्न गिरोहको ११ सदस्य पक्राउ परेका छन्’ ब्यूरोका एसपी जीवन श्रेष्ठ भन्छन्, ‘उनीहरुले झापाको सीमा क्षेत्र बाट लागूऔषध ल्याएर विक्री वितरण गर्ने गरेको देखिएको छ ।’

श्रेष्ठका अनुसार पक्राउ पर्ने अन्यमा सेवनकर्ता लालबहादुर बुढाथोकी, विक्रीकर्ता कौशल बस्नेत, सुनिल ताजपुरिया, भरिया तथा सेवनकर्ता कर्मा भनिने अजय तामाङ, अञ्जान राई, प्रविण भण्डारी, भारतीय नागरिक श्यामल सिंह, सेवनकर्ता समिर गुरुङ, बैंक कारोबारमा संलग्न सञ्जय लिम्बु र पुकार गुरुङ छन् ।

यो गिरोहको साथबाट प्रहरीले ३२२.६ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको छ । उनीहरुले भारतको पानीट्यांकी बाट खैरो हेरोइन ल्याएर काठमाडौंमा लागूऔषध विक्री गर्ने गरेको पाइएको एसपी श्रेष्ठ बताउँछन् ।

 

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports