सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचार संहिता

429
shares

निर्वाचन आयोगले आगामी वर्ष हुने निर्वाचनका लागि आचार संहिता तयार पारेको छ। उक्त आचार संहिता बिहीबार नेपाल राजपत्रमा प्रकाशित भएको छ।

आचार संहितामा सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र परीवेक्षक लगायतले पालना गर्नुपर्ने कुराहरू उल्लेख गरिएको छ। आयोगले तयार पारेको आचार संहिता केही दिनपछि लागू हुनेछ।

‘आयोगले मिति तोक्छ। सायद चैतको दोस्रो साता बाट लागू हुन्छ होला,’ आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले भने। आचार संहितामा स्थानीय तहका जनप्रतिनिधिहरूले मनोनयन दर्ता गर्ने बेला सम्म बहाल रहेको पद बाट राजीनामा दिइसक्नु पर्ने उल्लेख गरिएको छ।

आचार संहितामा सामाजिक सञ्जालमा गर्न नहुने कुराहरू पनि समावेश गरिएको छ। राजनीतिक दलहरूले दुई जना मुख्य प्रचारकको नाम आयोगलाई बुझाउनु पर्ने र उनीहरूले हेलिकप्टर पनि प्रयोग गर्न पाउने आचार संहितामा उल्लेख छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports