२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगले पत्रकारलाई पनि लगायो फेसबुकमा आचारसंहिता

1.21K
shares

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ । आयोगले बिहीबार निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको जानकारी दिएको हो । प्रकाशित आचार संहितामा पत्रकारहरुलाई सामाजिक सञ्जालमा अंकुश लगाइएको छ ।

आचार संहितामा भनिएको छः ‘सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसारका सामाग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने । कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, म्यासेन्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामाग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामाग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने ।’
२०७९ साल वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचनको मिति घोषणा भैसकेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports