सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज साँझ अमेरिकाका राष्ट्रपति र चीनका राष्ट्रपति बीच युक्रेन र रूस बीचको लडाइँका बारेमा टेलिफोन बार्ता हुने

494
shares

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङ बीच आज (शुक्रबार) साँझ टेलिफोनमा कुराकानी हुने भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार बाइडेन र सीबीच युक्रेन माथि रूसले गरेको आक्रमण बारे कुराकानी हुन लागेको हो। फेब्रुअरी २४ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी युक्रेन माथि सैन्य कारबाहीको घोषणा गरेका थिए। अमेरिका लगायत पश्चिमा मुलुकहरूले रूसी आक्रमणको विरोध गर्दै रूस माथि अहिले सम्मकै कडा आर्थिक प्रतिबन्धहरू लगाएका छन् भने युक्रेनलाई हतियार सहित विभिन्न कुरा सहयोग गरिरहेका छन्।

चीनले भने युक्रेन र रूसको इतिहास निकै जेलिएको भन्दै यस बारेमा प्रतिक्रिया दिएको छैन। राष्ट्रसंघमा भएका केही मतदानमा ऊ रूस र युक्रेनको पक्षमा नलागी तटस्थ बसेको छ। पछिल्लो समय चीनले रूसलाई सैनिक लगायत अरू सहयोग गर्न लागेको चर्चा छ। अमेरिकी अधिकारीहरूले युक्रेन आक्रमणमा चीनले रूसलाई त्यस्तो सहयोग गरे त्यसको डरलाग्दो परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

युक्रेन माथि रूसी आक्रमण बारे चिनियाँमा राष्ट्रपति सीको धारणा बुझ्न र उनलाई आफ्ना कुरा भन्न टेलिफोन कुराकानी हुन लागेको ह्वाइटहाउसले जनाएको छ। समाचार संस्था सिन्ह्वाले बाइडेन र सी बीच शुक्रबार साँझ कुराकानी हुने उल्लेख गरेको छ। गत सोमबार इटालीको रोममा भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र उच्च चिनियाँ कूटनीतिज्ञ याङ जिएछी बीचको भेट पछि बाइडेन र सीबीच कुराकानी गर्ने सहमति भएको हो।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports