सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसले स्थानीय तहमा पार्टीको अवस्था बारे १५ चैत भित्र जानकारी गराउन देशभर सर्कुलर जारी

481
shares

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीको अवस्था बारे १५ चैत भित्र जानकारी गराउन देशभर सर्कुलर गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रदेश देखि वडा सम्मका कार्यसमितिको दायित्व बारेमा जानकारी गराउँदै सर्कुलर पठाएका छन् ।

महामन्त्रीद्वयले जारी गरेको सर्कुलरमा अरु दल विभाजन पश्चात् पार्टीको शक्ति सन्तुलनको जानकारी पठाउन निर्देशन दिइएको छ । कांग्रेस छोडेर अन्य पार्टीमा गएका स्थानीय कार्यकर्ता र त्यसले पारेको पार्टीमा प्रभाव आकलन गरी केन्द्रमा पठाउन भनिएको छ । वैशाख ३० मा निर्धारित स्थानीय तहको निर्वाचन माहोल र पार्टीले तय गर्नुपर्ने बाटोका बारेमा केन्द्रलाई चैत १५ भित्र जानकारी गराउन भनिएको छ ।

सात पृष्ठको सर्कुलरमा स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर गतिविधि गर्न तल्लो तहका सबै संरचनालाई निर्देशन दिइएको छ । पेशा, व्यवसाय, अध्ययनका लागि प्रदेश वा केन्द्रीय राजधानीमा गएका नागरिकहरुको तथ्यांक राख्न तथा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । पुराना मतदाताको अवस्था सहित नयाँ थपिएका मतदाता सहितको अभिलेख राख्न पनि भनिएको छ ।

स्थानीय तहलाई आफैं घोषणापत्र बनाउन निर्देशन दिइएको छ । साथै, कांग्रेस विजयी भएका स्थानमा आफूले जितेको स्थानमा पाँच वर्षको अवधिमा गरेका सुधार, उपलब्धि तथा सकारात्मक कार्य घोषणापत्रमा समावेश गर्न सुझाइएको छ । आफू पराजय भएका स्थानमा विजयी दलले गरेका भ्रष्टाचार र अनियमितता देखाउन निर्देशन दिइएको छ ।

तल्लो संरचनाले गरेका गतिविधिको हरेक १५ दिनमा गतिविधिको उपल्लो तह सहित केन्द्रलाई जानकारी गराउन सर्कुलर गरिएको छ । जिल्ला कार्यालयहरु व्यवस्थित गराउन, विधानले तोके बमोजिम नियमित बैठक बस्न, जातीय छुवाछुतमा संलग्न कार्यकर्ता भेटिए पार्टीबाट निष्कासन गर्न पनि कांग्रेसले मातहतका कार्यालयलाई भनेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports