kumari
stcnepal

१६ अंकले घट्यो शेयर बजार

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ६९ अंकले घटेर २,६१३ दशमलव ६७ को विन्दुमा कायम भएको छ । आज ४९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४१ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज दुई उपसूचक बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२४ वटा कम्पनीको ५२ करोड ९८ लाख ५४३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जीवन विकास लघुवित्तको शेयर कारोबार भएको छ । आज कम्पनीको ३० करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल टेलिकमको २३ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको ११ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्तका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले १० प्रशिततका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड इदी मर्दिका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । ग्रिन लाइफ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशलमव ५३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ६७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

footer