२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मंसिर ७ गते प्रधानमन्त्री बालेन भारत भ्रमणमा जानेबारे छलफल

299
shares

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारतमा रहेका गृहमन्त्री सुधन गुरुङले आफ्ना समकक्षी अमित शाहसँग प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको बारेमा छलफल गरेका छन् ।

मंगलबार सम्पन्न भएको बिमस्टेक गृहमन्त्रीस्तरीय छलफलपछि गुरुङ र शाहबिच भेटवार्ता भएको थियो । सो भेटवार्तामा प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे छलफल भएको स्रोतले जनाएको छ ।सो छलफल अनुसार प्रधानमन्त्री बालेन मंसिर ७ गते भारत भ्रमणमा जाने बारेमा छलफल भएको स्रोतले दाबी गरेको छ । छलफल अनुसार बालेनको भ्रमण ९ गतेसम्म हुनेछ ।

भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे भेटका क्रममा छलफल भएको बताए । तर, मितिको विषयमा भने उनले खुलाउन चाहेनन् । उनले भने, ‘हिजो गृहमन्त्रीद्वय बिच साइडलाइन भेटवार्ता भयो, सो भेटवार्तामा दुई देशको बिचको सम्बन्ध, द्विपक्षीय सुरक्षा सहयोग सुदृढीकरण, सीमा व्यवस्थापनको विषयमा छलफल भयो । प्रधानमन्त्रीको भ्रमणको विषयमा पनि चर्चा भएको थियो ।’

भ्रमणको तयारी दुवैतिर भइरहेको र आपसी सहमतिमा मिति तय गर्ने कार्यवाहक राजदूत थापाले बताए ।७ गतको मितिलाई आधार मानेर आवश्यक तयारी समेत भइसकेको छ । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले सोहीअनुसार तयारी थालिएको बताए ।भ्रमणको एजेन्डा बारेमा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेका छन् ।यसैबिच प्रधानमन्त्री बालेनको भारत भ्रमण अघि दुवै तर्फबाट भ्रमण पनि भएका छन् । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले असोज १ गते भारत भ्रमणमा गएका थिए ।

गृहमन्त्री गुरुङ भारत भ्रमणमा जानुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा पनि भारत पुगेका थिए । पार्टीको प्रवास कमिटीसँग छलफल भनेर उनी भारत गएका थिए । तर उनी केही उच्च स्तरीय भेटघाट पनि गरेको स्रोतहरूले दाबी गरेका छन् ।गृहमन्त्री गुरुङ भारत जानु एक दिनअघि भारतीय सेनाका एडजुटेन्ट जनरल, लेफ्टिनेन्ट जनरल वीरेश प्रताप सिंह कौशिक नेपाल भ्रमणमा आएका थिए । उनले भारतीय दूतावासका अधिकारीसँग नेपाल–भारत सम्बन्धको छलफल गरेका थिए । उनले केही उच्चस्तरीय भेटघाट पनि गरेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री बालेनको भ्रमणको तयारीका लागि दुई देशबिच एक दुइटा उच्च स्तरीय भ्रमण अझै हुन सक्ने अधिकारीहरू बताउँछन् ।नेपाल–भारतबिच विगतमा भएका विभिन्न सम्झौता तथा कार्यान्वयन योजनाका बारेमा अध्ययनको काम सुरु भएको छ । यस पटकको भ्रमणको मुख्य एजेन्डा भौतिक पूर्वाधार निर्माण नै रहने परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।भोटेकोशीमा आएको बाढीका कारण धेरै ठुलो क्षति भएको छ । त्यसमा भारतले थप सहयोग गर्न चाहेको बताइएको छ । त्यसका लागि के–कस्तो सहयोग हुन सक्छ भन्ने विषयमा छलफल भइरहेको छ ।

साथै भारतको सहयोगमा निर्माण भएका केही परियोजनाको उद्घाटनको पनि तयारी चलिरहेको छ । भारतको सहयोगमा निर्माण भएको नेपाल प्रहरी एकेडेमी, भैरहवामा रहेको एकीकृत जाँच चौकी (आईसीपी) तथा दार्चुलास्थित महाकाली नदीको पुल उद्घाटन गर्ने तयारी चलिरहेको छ ।२०८२ चैतमा बालेन प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भारत भ्रमणका लागि निम्तो आएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमा बधाई दिने क्रममा पनि भ्रमणको निम्तो दिएका थिए । पछि उनले लिखित रूपमै निम्तो पठाएका थिए ।

निम्तो स्वीकार गरे पनि बालेन तत्काल भ्रमणमा जान भने तयार भएनन् । उनले आफू एक वर्षसम्म कुनै पनि देशको भ्रमण नगर्ने भन्दै टार्दै आइरहेका थिए ।उनी भारत नजाने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) ले निम्तो दिएर बोलाएको थियो । उनलाई भारतमा भव्य स्वागत गरिएको थियो । प्रधानमन्त्री मोदीदेखि अन्य उच्च अधिकारीहरूसँग पनि सभापति लामिछानेको भेटवार्ता भएको थियो । अहिले आएर बालेन पनि भारत जान तयार भएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports