प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रदेश सरकारले संघीयताको अनुभुति गर्न सकेको छैन : प्रदेश कानूनमन्त्री शर्मा

572
shares

काठमाडौं । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारले संघीयताको अनुभुति गर्न नसकेको बताएका छन् ।

बिहीवार बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले काठमाडौंमा आयोजना गरेको ‘एफ.एम., रेडियो र टेलिभिजन सञ्चालनमा कानूनी सहजीकरणका उपाय’ का विषयमा सञ्चार सरोकारवाला सँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले बनाएका ऐन, कानूनहरुलाई कार्यान्वयन पनि गर्न नसकेको बताए । मन्त्री खनालले संघले प्रदेशलाई अधिकार दिन नखोजेर सामन्ति चरित्र देखाएको आरोप लगाए ।

‘अहिले हामी संघीयतामा छौँ । संघीयतामा छौँ तर मलाई अनुभुति भइराखेको छ, संघीयताको मर्म अनुसार यो चल्या छैन’, उनले भने, ‘त्यसैले हामीले जति ऐन, कानून प्रदेशमा बनाएका छौं, त्यसलाई कार्यान्वयन गर्न पनि सकिराखेको छैनौं ।’ मन्त्री खनालले प्रदेश सरकारकै मातहतको सचिव मन्त्रालयमा नहुँदा सम्म संघीयता साँचो अर्थमा कार्यान्वयन हुन नसक्ने बताए । संघ मातहतका कर्मचारीले प्रदेशको समस्या बुझ्न नसकेका कारण प्रदेश सरकारको निर्णय कार्यान्वयन नभएको उनको भनाइ छ । मन्त्री खनालले प्रदेश सरकारले स्थानीय तह कर्मचारी नियमावली र प्रदेश निजामती कर्मचारी ऐन ल्याउने पनि बताए ।

प्रदेश सरकारले ल्याएको सञ्चार ऐनलाई सरोकारवालाको भावना विपरित हुनेगरी संशोधन नगरिने उनले स्पष्ट पारे । मन्त्री खनालले सञ्चार रजिष्ट्रारको कार्यालयलाई बलियो बनाइने बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports