प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तहमा काग्रेसको लागि गठवन्धन घातक हुन सक्छ

533
shares

अहिले राजनितिक वृत तातेको विषय हो । पाँच दलिय गठवन्धन हुने कि नहुने भन्ने नै हो । पाँच वटा राजनितिक दल एक्ला एक्लै स्थानीय तहको निर्वाचनमा जाँदा नेकपा एमाले को जित हुने उनीहरुको ठहर रहेको हुनाले उनीहरु गठवन्धन नै वनाएर निर्वाचनमा जानु पर्ने वताईरहेका छन् । सत्ताको नेतृत्वकर्ताले दल नेपाली काग्रेसले भने औपचारिक रुपमा अहिले सम्म मुख खोलेको छैन । सत्ता घटक दलहरु माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने गठवन्धन कै पक्षमा रहेका छन् । यी दुवै पार्टीहरुको जोड गठवन्धनमै रहेका हुनाले उनीहरु एक्ला एक्लै निर्वाचनमा गएको खण्डमा पराजित हुने डरले गर्दा मर्माहत भएका छन् । नेपाली काग्रेसका संस्थापन पक्षका बाहेकका नेताहरुले कसैसँग गठवन्धन नगरी एक्लै निर्वाचनमा जान पर्ने वताईरहेका छन् । काग्रेसका केही प्रदेशहरुले गठवन्धन वनाएर निर्वाचनमा नजना सुझाव दिइरहेका छन् ।

गठवनधन भनेको विचार र सिद्धान्त मिल्ने पार्टीहरुसँग हुन सक्छ । पाँच दलिय गठवन्धनमा रहेका दलहरुले भिन्न भिन्नै विचार र सिद्धान्त वोकेका हुनाले गठवन्धन गर्नु भनेको अलोकतान्त्रिक हुन सक्छ । अहिलेको गठवनधनलाई सत्तामा कायमै राखेर निर्वाचनमा आ आफ्नो शक्ति देखाउन सक्नु पर्दछ । कुनै एउटा पार्टीको डरले अर्को विचार र सिद्धान्तलाई स्वीकार गर्न कुनै सर्तमा पनि उचित मान्न सकिदैन । सिद्धान्त र विचारमा एकरुपता भए मात्र गठवन्धन दिगो हुन सक्छ । पाँच दलिय गठवन्धनका पाँच वटा सिद्धान्त र विचार रहेका छन् । गठवन्धनमा रहेको राष्ट्रिय जनमोर्चा सत्ता गठवन्धनवाट वाहिरिएको छ । उस्ले संघीयलाई स्वीकार गरेका छैन भन्ने त्यही दल संघीयतालाई स्वीकार गरेका काग्रेस र कम्युनिष्ट पार्टीहरुमा कसरी गठवनधनमा रहन सक्छ ? सिद्धान्त र विचार नै नमिल्ने पार्टीहरुसँग गठवन्धन गरीएको खण्डमा राष्ट्रिय जनमोर्चाले आज सम्म बोकेको सिद्धान्त र विचारलाई सत्तामा साटेको आरोप किन नलगाउने ? क्षणिक स्वार्थका लागि गरिने गठवन्धन भविष्यका लागि राजनितिक दलहरुलाई घाडो बन्न सक्छ । गठवन्धनले सत्ता प्राप्त गरेपछि अन्य कुनै कार्य गर्न सकेको छैन । संघीय ससदले काम गर्न सकेको छैन । अहिलेको गठवन्धन बने पछि सरकारले ससदमा एमसीसी सम्झौतालाई अनुमोदन गर्नु र होहल्ला कै वीचमा बजेट पारित गर्ने वाहेक अन्य कुनै कार्य गर्न सकेको छैन । के पाँच दलिय गठवन्धन सत्ता प्राप्ति कै लागि मात्र हो त भन्ने प्रश्न समेत अहिले उठेको छ ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचन सम्म अहिलेकै गठवन्धनलाई कायम राख्दै गठवन्धन नै गरेर निर्वाचनमा जान काग्रेससँग हारगुहार गरीरहेका छन् । उनीहरु काग्रेसको सहयोग विना अघि बढ्नै नसक्ने अवस्थामा पुगेरै त्यसो गरिरहेका हुन्त ? यदि त्यसो हो भने आ आफ्नो पार्टीलाई काग्रेससँगै विलय गराएर अघि बढे बेस होइन र ? यदि होइन भने किन उनीहरु दिनप्रतिदिन काग्रेसको शरणमा पारिरहेका छन् । ? चुनावी गठवन्धनका लागि विशेष जोड माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी के रहेको छ । नेकपा सिंगो पार्टीलाई विभाजित गरेर टुक्रा टुक्रा पारिएको आरोप उनीहरुमाथी लाग्दै आएको छ । त्यही कारणले गर्दा यी दुई पार्टीको कम्तिविजोग हुने त होइन भन्ने डरले गर्दा पार्टीका नेताहरुलाई सताएको छ । माओवादी केन्द्र र माधव नेपाल नेकपावाट छुटिदा नेकपा एमाले नै ठूलो पार्टी रह््यो । त्यही कारण पुष्पकमल दाहाल र माधव नेपालले नै आ आफ्नो पार्टीको नेतृत्व गरेका र निर्वाचनमा पराजित भएको खण्डमा आफ्नो अस्तित्वमा नै प्रश्न उठ्ला भनेर गठवन्धनको रटान गरीरहेका छन् । काग्रेसको सत्तामा जाने कुनै सम्भावना नरहेको अवस्थामा यीनै दलको सहयोगमा काग्रेसले सत्ताको नेतृत्व पाएकोले गर्दा काग्रेसले दाहाल र नेपालको आग्रहलाई कसरी स्वीकार गर्दछ त्यो भने हेर्न बाँकी रहेको छ ।

कम्युनिष्ट पार्टीहरु विभाजित रहेका छन् । मुलुककै सबै भन्दा ठूलो कम्युनिष्ठ पार्टी नेकपा एमालेले स्थानीय तहको निर्वाचनलाई जिवन मरणको मुद्धा मात्र बनाएको छैन आफ्नो पार्टीलाई विभाजित गराएर काग्रेसको नेतृत्वको सरकारले जनतालाई धोका दिएको आरोप लगाउदै आएको छ । नेकपा एमाले स्थानीय तहको निर्वाचनको प्रचार प्रसार आक्रमण रुपले गर्न थालेको छ । विभिन्न दलहरुबाट आफ्नो पार्टीमा नेता तथा कार्यकर्ताहरु ठूलो संख्यामा प्रवेश गराई रहेको छ । पार्टी विभाजित हुँदा नेकपा एकीकृत समाजवादीमा गएका नेता तथा कार्यकर्ताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराई रहेको छ । त्यही कारणले गर्दा र सर्वोच्च अदालतको सम्बैधानिक इजालसले शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै एमालेले आफ्नो कार्यक्रम अघि बढाएको हुनाले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु अत्तालिन पुगेका छन् । सत्ताको नेतृत्वकर्ता दल नेपाली काग्रेसले भने आजसम्म गठवन्धन नै गरेर निर्वाचनमा जाने कि एक्लै जाने भन्नेमा औपचारिक निर्णय नगरेको हुनाले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले काग्रेस अन्तिम समयमा गठवनधनकै पक्षमा निर्णय गर्दछ भन्ने विश्वास लिएका छन् ।

काग्रेसका लागि अहिले सम्पूर्ण अवसर रहेको छ । काग्रेसले भने एक्लै निर्वाचनमा गएको खण्डमा राम्रो नतिजा ल्याउने पक्का पक्की रहेको छ भने गठवन्धन गरेर निर्वाचनमा गएको खण्डमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीकलाई केही उद्धार हुने भएपनि काग्रेसलाई सबै भन्दा ठूलो घाटा हुने निश्चित रहेको छ । पाँच दलिय गठवन्धनले गठवन्धन गर्दा काग्रेसको भागमा मुस्किलले ३० देखी ३५ प्रतिशत मात्र पर्न सक्छ । एक्लै निर्वाचनमा गएको खण्डमा ४० देखी ४५ प्रतिशतमा उस्का उम्मेदवारहरु निर्वाचित हुन सक्ने सम्भावना रहेका हुनाले काग्रेसले किन अरु दलको उद्धारका लागि गठवन्धन गर्ने त भन्ने प्रश्न उठेको छ । त्यसलाई हामीले उचित ठानेका छौ । त्यसैले काग्रेसले गठवन्धन होइन आफ्नो खुट्टामा उभिनु पर्दछ भन्ने हाम्रो ठहर रहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports