kumari
stcnepal

स्थानीय तहमा काग्रेसको लागि गठवन्धन घातक हुन सक्छ

अहिले राजनितिक वृत तातेको विषय हो । पाँच दलिय गठवन्धन हुने कि नहुने भन्ने नै हो । पाँच वटा राजनितिक दल एक्ला एक्लै स्थानीय तहको निर्वाचनमा जाँदा नेकपा एमाले को जित हुने उनीहरुको ठहर रहेको हुनाले उनीहरु गठवन्धन नै वनाएर निर्वाचनमा जानु पर्ने वताईरहेका छन् । सत्ताको नेतृत्वकर्ताले दल नेपाली काग्रेसले भने औपचारिक रुपमा अहिले सम्म मुख खोलेको छैन । सत्ता घटक दलहरु माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने गठवन्धन कै पक्षमा रहेका छन् । यी दुवै पार्टीहरुको जोड गठवन्धनमै रहेका हुनाले उनीहरु एक्ला एक्लै निर्वाचनमा गएको खण्डमा पराजित हुने डरले गर्दा मर्माहत भएका छन् । नेपाली काग्रेसका संस्थापन पक्षका बाहेकका नेताहरुले कसैसँग गठवन्धन नगरी एक्लै निर्वाचनमा जान पर्ने वताईरहेका छन् । काग्रेसका केही प्रदेशहरुले गठवन्धन वनाएर निर्वाचनमा नजना सुझाव दिइरहेका छन् ।

गठवनधन भनेको विचार र सिद्धान्त मिल्ने पार्टीहरुसँग हुन सक्छ । पाँच दलिय गठवन्धनमा रहेका दलहरुले भिन्न भिन्नै विचार र सिद्धान्त वोकेका हुनाले गठवन्धन गर्नु भनेको अलोकतान्त्रिक हुन सक्छ । अहिलेको गठवनधनलाई सत्तामा कायमै राखेर निर्वाचनमा आ आफ्नो शक्ति देखाउन सक्नु पर्दछ । कुनै एउटा पार्टीको डरले अर्को विचार र सिद्धान्तलाई स्वीकार गर्न कुनै सर्तमा पनि उचित मान्न सकिदैन । सिद्धान्त र विचारमा एकरुपता भए मात्र गठवन्धन दिगो हुन सक्छ । पाँच दलिय गठवन्धनका पाँच वटा सिद्धान्त र विचार रहेका छन् । गठवन्धनमा रहेको राष्ट्रिय जनमोर्चा सत्ता गठवन्धनवाट वाहिरिएको छ । उस्ले संघीयलाई स्वीकार गरेका छैन भन्ने त्यही दल संघीयतालाई स्वीकार गरेका काग्रेस र कम्युनिष्ट पार्टीहरुमा कसरी गठवनधनमा रहन सक्छ ? सिद्धान्त र विचार नै नमिल्ने पार्टीहरुसँग गठवन्धन गरीएको खण्डमा राष्ट्रिय जनमोर्चाले आज सम्म बोकेको सिद्धान्त र विचारलाई सत्तामा साटेको आरोप किन नलगाउने ? क्षणिक स्वार्थका लागि गरिने गठवन्धन भविष्यका लागि राजनितिक दलहरुलाई घाडो बन्न सक्छ । गठवन्धनले सत्ता प्राप्त गरेपछि अन्य कुनै कार्य गर्न सकेको छैन । संघीय ससदले काम गर्न सकेको छैन । अहिलेको गठवन्धन बने पछि सरकारले ससदमा एमसीसी सम्झौतालाई अनुमोदन गर्नु र होहल्ला कै वीचमा बजेट पारित गर्ने वाहेक अन्य कुनै कार्य गर्न सकेको छैन । के पाँच दलिय गठवन्धन सत्ता प्राप्ति कै लागि मात्र हो त भन्ने प्रश्न समेत अहिले उठेको छ ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचन सम्म अहिलेकै गठवन्धनलाई कायम राख्दै गठवन्धन नै गरेर निर्वाचनमा जान काग्रेससँग हारगुहार गरीरहेका छन् । उनीहरु काग्रेसको सहयोग विना अघि बढ्नै नसक्ने अवस्थामा पुगेरै त्यसो गरिरहेका हुन्त ? यदि त्यसो हो भने आ आफ्नो पार्टीलाई काग्रेससँगै विलय गराएर अघि बढे बेस होइन र ? यदि होइन भने किन उनीहरु दिनप्रतिदिन काग्रेसको शरणमा पारिरहेका छन् । ? चुनावी गठवन्धनका लागि विशेष जोड माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी के रहेको छ । नेकपा सिंगो पार्टीलाई विभाजित गरेर टुक्रा टुक्रा पारिएको आरोप उनीहरुमाथी लाग्दै आएको छ । त्यही कारणले गर्दा यी दुई पार्टीको कम्तिविजोग हुने त होइन भन्ने डरले गर्दा पार्टीका नेताहरुलाई सताएको छ । माओवादी केन्द्र र माधव नेपाल नेकपावाट छुटिदा नेकपा एमाले नै ठूलो पार्टी रह््यो । त्यही कारण पुष्पकमल दाहाल र माधव नेपालले नै आ आफ्नो पार्टीको नेतृत्व गरेका र निर्वाचनमा पराजित भएको खण्डमा आफ्नो अस्तित्वमा नै प्रश्न उठ्ला भनेर गठवन्धनको रटान गरीरहेका छन् । काग्रेसको सत्तामा जाने कुनै सम्भावना नरहेको अवस्थामा यीनै दलको सहयोगमा काग्रेसले सत्ताको नेतृत्व पाएकोले गर्दा काग्रेसले दाहाल र नेपालको आग्रहलाई कसरी स्वीकार गर्दछ त्यो भने हेर्न बाँकी रहेको छ ।

कम्युनिष्ट पार्टीहरु विभाजित रहेका छन् । मुलुककै सबै भन्दा ठूलो कम्युनिष्ठ पार्टी नेकपा एमालेले स्थानीय तहको निर्वाचनलाई जिवन मरणको मुद्धा मात्र बनाएको छैन आफ्नो पार्टीलाई विभाजित गराएर काग्रेसको नेतृत्वको सरकारले जनतालाई धोका दिएको आरोप लगाउदै आएको छ । नेकपा एमाले स्थानीय तहको निर्वाचनको प्रचार प्रसार आक्रमण रुपले गर्न थालेको छ । विभिन्न दलहरुबाट आफ्नो पार्टीमा नेता तथा कार्यकर्ताहरु ठूलो संख्यामा प्रवेश गराई रहेको छ । पार्टी विभाजित हुँदा नेकपा एकीकृत समाजवादीमा गएका नेता तथा कार्यकर्ताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराई रहेको छ । त्यही कारणले गर्दा र सर्वोच्च अदालतको सम्बैधानिक इजालसले शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै एमालेले आफ्नो कार्यक्रम अघि बढाएको हुनाले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु अत्तालिन पुगेका छन् । सत्ताको नेतृत्वकर्ता दल नेपाली काग्रेसले भने आजसम्म गठवन्धन नै गरेर निर्वाचनमा जाने कि एक्लै जाने भन्नेमा औपचारिक निर्णय नगरेको हुनाले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले काग्रेस अन्तिम समयमा गठवनधनकै पक्षमा निर्णय गर्दछ भन्ने विश्वास लिएका छन् ।

काग्रेसका लागि अहिले सम्पूर्ण अवसर रहेको छ । काग्रेसले भने एक्लै निर्वाचनमा गएको खण्डमा राम्रो नतिजा ल्याउने पक्का पक्की रहेको छ भने गठवन्धन गरेर निर्वाचनमा गएको खण्डमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीकलाई केही उद्धार हुने भएपनि काग्रेसलाई सबै भन्दा ठूलो घाटा हुने निश्चित रहेको छ । पाँच दलिय गठवन्धनले गठवन्धन गर्दा काग्रेसको भागमा मुस्किलले ३० देखी ३५ प्रतिशत मात्र पर्न सक्छ । एक्लै निर्वाचनमा गएको खण्डमा ४० देखी ४५ प्रतिशतमा उस्का उम्मेदवारहरु निर्वाचित हुन सक्ने सम्भावना रहेका हुनाले काग्रेसले किन अरु दलको उद्धारका लागि गठवन्धन गर्ने त भन्ने प्रश्न उठेको छ । त्यसलाई हामीले उचित ठानेका छौ । त्यसैले काग्रेसले गठवन्धन होइन आफ्नो खुट्टामा उभिनु पर्दछ भन्ने हाम्रो ठहर रहेको छ ।

 

footer