linktrix Long Ad
Salt Trading Long Ad

सत्ता गठबन्धनको बैठक आज बस्ने, तालमेल बारे छलफल हुने

598
shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति गरेका सत्तागठबन्धनका दलहरूले चुनावी ढाँचा बारे छलफललाई अगाडि बढाउने भएका छन्। जिल्लाहरू बाट कुन दलको कस्तो अवस्था छ भन्ने बारे प्रतिवेदन आएपछि चुनावी तयारी तथा अनुगमन समिति बैठक बसेर तालमेल ढाँचा बारे छलफल गर्न लागेका हुन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समितिमा पाँचदलीय गठबन्धन बाट १० जना सदस्य छन्। आज अपरान्ह ४ बजे बालुवाटारमा बैठक बसेर चुनावी ढाँचा बारे छलफल गर्ने तयारी छ। यसअघि गठबन्धनका शीर्ष नेताको बैठकले प्रदेश, जिल्ला र पालिका तहमा पाँचदलीय प्रतिनिधि रहने संयन्त्र बनाउने निर्णय गरेको थियो। त्यो संयन्त्रले केन्द्रमा प्रतिवेदन पठाएको छ।

ती प्रतिवेदन अध्ययन गरेपछि चुनावी तालमेलको ढाँचा बारे छलफल हुनेछ। ०७४ को परिणाम अनुसार तालमेल गर्ने वा अरू केही नयाँ मापदण्ड तयार गर्ने भन्नेमा दलहरू बीच छलफल भइरहेका छन्। गत चैत १७ मा गठबन्धन बैठकले स्थानीय चुनावमा पाँचदल मिलेर जाने सहमति गरेका थिए। तर अहिले सम्म कुन महानगर कसले लिने भन्ने जस्ता सहमति हुन सकेका छैनन्। यसअघि चैत २३ मा पौडेल नेतृत्वको चुनावी तयारी तथा अनुगमन समितिको पहिलो बैठक बसेको थियो। उक्त बैठकमा चुनावी ढाँचा बारे प्रारम्भिक छलफल भएका थिए।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports