नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले बाट ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार

494
shares

नेकपा एमाले बाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् । शनिबार बसेका नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले आफूलाई सर्वसमत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको व्यञ्जनकारले बताए ।


उनका अनुसार नेकपा एमाले बाट महानगरपालिकाको उपमेयरमा भने २ जनाको दाबी परेको छ । व्यञ्जनकारका अनुसार पार्टी महानगर कमिटिको अध्यक्ष आस्था शाक्य “मञ्जली” र पार्टी प्रदेश कमिटी सदस्य सरस्वती खड्काले उपमेयरको लागि दावी प्रस्तुत गरेका छन् । उनले भने, ‘यो दाबीलाई महानगर कमिटी हुँदै केन्द्रिय कमिटिमा सिफारिस गरिनेछ । त्यसपछि मात्रै उपमेयरको उम्मेदवारी तय हुनेछ ।’

व्यन्जनकार एमालेको केन्द्रिय कमिटी सदस्य तथा ललितपुर जिल्ला सह इन्चार्ज समेत हुन् । गत २०७४ को निर्वाचनमा समेत महानगरको मेयरको उम्मेदवार रहेका व्यञ्जनकार काङ्ग्रेसका चिरीबाबु महर्जन सँग ३ अंकको झिनो मतान्तरले पराजित भएका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports