सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीविरुद्ध भैंसेपाटी, सातदोबाटोदेखि झम्सिखेलसम्म मोर्चा

494
shares

काठमाडौं । केपी ओलीले राखेका कुनै पनि प्रस्तावमा प्रचण्ड कित्ता मान्नेवाला देखिएन । अव ओलीले कि त कम्मर कसेर मध्यावधितिर जानुपर्छ, कि पार्टी फोडेर कांग्रेससँग मिलेर सरकार बनाउनु पर्छ । अन्यथा राजीनामा दिनुको बिकल्प छैन ।

भर्खर भर्खर किड्नी फेरेका ओलीको स्वास्थ्य कमजोर छ । स्थायी समिति बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजीहरुले एकढलो भएर सरकार र पार्टी चलाउन असफल भएकाले राजीनामा दिन दबाब दिएपछि तनावमा परेका प्रधानमन्त्री ओली गंगालाल हृदयकेन्द्रमा पुगेर समेत चेकअप गर्न बाध्य भएका छन् ।

भारतले सरकार ढाल्न खोजेको आरोप लगाएपछि भारतले होइन मैले भनेर प्रचण्ड उभिनपुगेपछि ओली अप्ठेरोमा परेका हुन् । भारतले नेपालविरुद्ध धुवाँधार प्रचार गरिरहनु र आफ्नै पार्टी प्रचण्ड खेमाले लखेट्नुका कारणले ओली माखेसांग्लोमा परेका छन् । एकातिर भारतीय दूतावास ओलीलाई फाल्न सक्रिय हुनु र प्रचण्ड खेमाले त्यही सक्रियताको आगोमा घ्यू थपिदिएपछि ५ वर्ष स्थिर सरकार चलाउने म्याण्डेट पाएको नेकपाको मुखुण्डो उत्रिएको छ ।

भैंसेपाटी, सातदोबाटोदेखि झम्सिखेलसम्म प्रचण्ड कित्ताको बैठक भइरहेकै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको विवादबारे छलफल गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताको बैठक ललिपुरको झम्सीखेलमा सम्पन्न भएको छ ।

बुधबार साँझ अध्यक्ष प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मात्रिका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसालहरु जसरी पनि केपी ओलीविरुद्ध एकजुट हुने र पार्टी र सरकारबाट हुत्याउने मोर्चाबन्दीमा लागेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports