तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाले सशस्त्र प्रहरीबललाई दियो ५ सय ९० थान हतियार

559
shares

आइतवार जंगीअड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनाललाई ५ सय वटा ईन्सास राइफल नाल र ९० वटा लाइ६ सपोर्ट वीपन (एलएसडब्लु) हतियार तथा हतियारको एम्युनिशन हस्तान्तरण गरे ।

रक्षा सचिव तथा गृह सचिवको उपस्थितिमा हतियारहरू हस्तान्तरण गरिएको सेनाले जनाएको हो । सशस्त्र प्रहरी बललाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रमहरु संचालन गर्ने प्रयोजनका लागि मन्त्रिपरिषद्को २४ चैतको निर्णय बमोजिम नेपाली सेनाले सहयोग स्वरुप ईन्सास राइफल नाल-९,००० (नौ हजार) र एलएसडब्लु नाल १६०० गरी कुल १० हजार ६ सय नाल दिने मध्ये आइतवार ५९० वटा हतियार दिइएको हो ।

सेनाका व्यवस्था, नीति तथा योजना विभागका प्रमुख उपरथी अशोक राज सिग्देलको स्वागत मन्तव्यबाट शुरू भएको उक्त कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, गृह सचिव टेकनारायण पाण्डे, बलाधिकृत रथी बालकृष्ण कार्की, बलाध्यक्ष रथी सरोज प्रताप राणा, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाली सेनाका रथीवृन्द, अधिकृत तथा संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो । बाँकी हतियार तथा एम्युनिशन क्रमश: हस्तान्तरण गरिदै लगिने सेनाले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports