गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

असनबाट भन्सार छली गरी ल्याएको कपडा सहित दुई जना पक्राउ

546
shares

काठमाडौं । प्रहरीले भन्सार छली गरी ल्याएको आरोपमा कपडाका समान सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ बाफल घर भई काठमाडौं महानगरपालिका-२४ असन बस्‍ने ३८ वर्षीय निरज अग्रवाल र भारत घर भई काठमाडौं महानगरपालिका-१८ नरदेवी बस्‍ने ३८ वर्षीय सन्दीप कुमार रहेका छन् ।

महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ, महानगरीय प्रहरी बृत्त कालिमाटी र जनसेवा बाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।प्रहरीले उनीहरुको साथ बाट २६ वटा विभिन्‍न रङ्गका सर्ट, पाइन्ट, जेन्स कर्ताका कपडाहरु बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई बरामद सामान सहित त्रिभुवन अन्तरराष्ट्रीय विमानस्थल गौचरणमा थप अनुसन्धान तथा कारबाहीका लागि पठाइएको प्रहरीले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports