गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आचारसंहिताका कारण मेलम्चीको उद्घाटनमा प्रधानमन्त्री नजाने

520
shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको उद्घाटनमा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन्।यसअघि प्रधानमन्त्री देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरी मंगलबार मेलम्ची खानेपानी उद्घाटन गर्न सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको थियो। निर्वाचन आचारसंहिताका कारण प्रधानमन्त्री उक्त कार्यक्रममा जान नसक्ने भएको खानेपानी मन्त्रालयले जनाएको छ।

उद्घाटनमा खानेपानी मन्त्री उमाकान्त चौधरी जाने कार्यक्रम यथावत् रहेको मन्त्रालयले जनाएको छ। मंगलबार खानेपानी मन्त्रालयले मेलम्चीको अम्बाथान स्थित अडिटमा पुगेर उद्घाटन गर्ने कार्यक्रम राखेको थियो। मेलम्ची खानेपानी विकास समितिका अनुसार हेडवर्क्स र सुरूङ सफा गर्ने सकिएको छ। अस्थायी रूपमा मेलम्ची खानेपानी चैत मसान्त भित्र काठमाडौं झार्ने सरकारको योजना थियो।

गत असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो।मंगलबार अम्बाथान बाट सुरूङमा पानी हालिने, सो पानी सुन्दरीजल स्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आइपुग्ने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बताए। ‘सुन्दरीजलमा ट्रिटमेन्ट भएर काठमाडौंका धारामा आइपुग्न एक-दुई दिन लाग्ला,’ आचार्यले भने।

अम्बाथान पुग्नुअघि प्रधानमन्त्री देउवा र मन्त्री चौधरी सुन्दरीजल जाने कार्यक्रम थियो। त्यहाँ सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो।भट्टराईको प्रधानमन्त्रीकालमा २०४८ सालमा मेलम्चीको पानी काठमाडौं ल्याउने अवधारणा आएकाले सरकारले सुन्दरीजलमा उनको शालिक बनाउने भएको हो। त्यसपछि देउवा र चौधरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, खानेपानी मन्त्रालयका सचिव लगायतको टोली अम्बाथान पुग्ने कार्यक्रम राखिएको थियो।

 

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports