२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डिडीसीका पूर्वमहाप्रबन्धक झा सहित ८ जना पक्राउ

117
shares

काठमाडौं : दुग्ध विकास संस्थान (डीडीसी)का पूर्वमहाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आपराधिक लाभ तथा सङ्गठित अपराधअन्तर्गतको कसुरमा पूर्वमहाप्रबन्धक सञ्जीव झासहित ८ जनालाई पक्राउ गरेको हो।

डीडीसीका तत्कालीन महाप्रबन्धक तथा कर्मचारीहरूको संलग्नतामा गैरकानुनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई गम्भीर हानि नोक्सानी पुर्‍याइएको भन्ने उजुरीको प्रारम्भिक छानबिनका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका प्रशासनिक अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूले पूर्वयोजनाअनुसार मिलेमतो गरी सङ्गठित सञ्जालमार्फत संस्थानलाई आर्थिक हानि पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यसरी संस्थानलाई प्रत्यक्ष आर्थिक हानि नोक्सानी पुर्‍याएर १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको प्रारम्भिक रूपमा पुष्टि भएको प्रहरीको भनाइ छ।पक्राउ पर्नेमा तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित विजयकुमार यादव, मनहरी शर्मा, रामकेवल राय, जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारी छन्।

प्रहरीले उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर कात्तिक १३ गते विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports