२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन हुनेमा माधव नेपालको आशंका

741
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चुनाव सर्ने बारे एकपछि अर्को अभिव्यक्ति दिन थालेका छन् । शनिबार एक कार्यक्रममा चुनाव सर्न सक्ने अभिव्यक्ति दिएका उनले सोमबार पनि विप्लवलाई देखाएर त्यस्तै अभिव्यक्ति दिएका हुन् ।

पाल्पा पुगेका उनले सोमबार सञ्चारकर्मीहरु सँग कुरा गर्दै विप्लव नेतृत्वको पार्टी निर्वाचनमा सहभागी भए चुनाव सार्न सकिने बताएका हुन् । चुनावको मिति आउन एक महिना मात्रै बाँकी हुँदा उनले यस्तो बताएका हुन् । ‘विप्लवजी आउनुभयो भने हाम्रै निर्णयले रोकिएको रहेछ भने गठबन्धनका सबै साथीहरु तयार हुनुहुन्छ । विप्लव समूहलाई समावेश गर्ने कुरा आयो भने राम्रो हुन्छ’, उनले भने।

चुनावको मिति सर्न सक्ने बारे चर्चा भइरहेको बेला त्यसलाई बल पुग्नेगरी नेपालले अभिव्यक्ति दिएका हुन् । यसअघि शनिबार नेकपा एकीकृत समाजवादीको दोलखा–काठमाडौं सम्पर्क मञ्चको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यो चुनावले ५ वर्ष नपुगेका जन प्रतिनिधिहरूको भावनाको विपक्षमा निर्णय गरेको भन्ने कुरा उठिरहेको बताएका थिए ।

‘असोजमा चुनाव भएकाहरूको ५ वर्ष पुगेको छैन, त्यसको जवाफ कसले दिने ?,’ उनको भनाइ थियो, ‘त्यसो हुनाले कानुनमा त्रुटि छ, संवैधानिक अधिकारको हनन भएको छ । यो चुनावले उनीहरूको भावनाको विपक्षमा निर्णय गरेको छ भन्ने कुरा उठिरहेको छ ।’ आगामी दिनमा जे भए पनि चुनावको तयारीमा जुट्न भने उनले कार्यकर्तालाई निर्देशन दिँदै आएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports