kumari
stcnepal

आज बिहान ९ बजे बलेफी हाइड्रो पावरको शेयर बाँडफाँड हुने

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयरको बाँडफाँड आज मंगलबार हुने भएको छ । कम्पनीको शेयर निकाशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार मंगलबार बिहान ९ बजे शेयर बाँडफाँट हुने भएको हो । कम्पनीले शुक्रबार नै प्रिअलमेन्टको काम सकाएर मंगलरबार शेयर बाँडफाँट गर्ने तयारी गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार पछिल्लो तथ्यांक अनुसार कम्पनीको शेयरमा २२ लाख ६४ हजार ३७८ आवेदनबाट २ अर्ब ६१ करोड ७१ रुपैयाँ बराबरको २ करोड ६१ लख ७१ हजार ३९० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको १६ लाख ६३ हजार ४५३ कित्ताको करिब १५।७४ गुणा बढी हो ।

कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट हुनेछ । त्यस अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा १ लाख ६६ हजार ३४५ जनाले मात्रै शेयर पाउनेछन् ।कम्पनीले चैत १६ देखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने १६ लाख ६३ हजार ४५३ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

 

 

footer