linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तहको निबाॅचन सार्ने षड्यन्त्र हुदैछ सावधान : अध्यक्ष ओली

559
shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको तर्क गरे । एमालेले ललितपुरमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले विप्लवलाई चुनाव सार्ने षड्यन्त्रको मतियार नबन्न आग्रह गरे ।

‘शेरबहादुरजी चुनाव रोक्ने षडयन्त्रमा लागि सक्नुभयो, मलाई थाहा छ । प्रचण्ड माधव नेपालहरु लागि सक्नुभयो । अहिले विप्लवलाई अगाडि सार्नुभएको छ । विप्लवका राजनीतिक कार्यकर्ता रिहा गर, चुनावमा भाग लिने वातावरण बनाऊ । तर त्यस बहानामा वा कुनै पनि बहानामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्न मिल्दैन’ उनले भने ।

अध्यक्ष ओलीले चुनाव सारेर स्थानीय तहलाई रिक्त बनाउने २०५९ सालमा आफूले गरेको गल्ती नदोहोर्‍याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । स्थानीय तहको निर्वाचन सारे देशको हित विरुद्ध हुने उल्लेख गर्दै अध्यक्ष ओलीको त्यो आफ्नो पार्टी र नेपाली जनतालाई सह्य नहुने बताए ।

अध्यक्ष ओलीले माओवादी केन्द्रको भाँडो रित्तिएर बिर्को मात्रै बाँकी रहेको टिप्पणी गरे । माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई उनले कांग्रेसको पुच्छरको संज्ञा दिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports