प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंको मेयरका लागि एमाले बाट पाँच जनाको नाम सिफारिस, कस्ले मार्ला बाजी

598
shares

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ। एमाले काठमाडौं नगर कमिटीले विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र ईन्दिरा पन्तको नाम जिल्लामा सिफारिस गरेको छ। शाक्य ०७४ को स्थानीय चुनावमा मेयर जितेका थिए। उनले फेरि एक कार्यकाल आफैँ दोहोर्‍याउने भन्दै उम्मेदवार बन्न इच्छा देखाएका छन्।

पूर्वमन्त्री मानन्धर पनि मेयरको दौडमा छन्। बागमती प्रदेश सभा सदस्य स्थापित पनि मेयर हुन खोजिरहेका छन्। उनले वडा-वडा पुगेर जनताका समस्या र पार्टीले गर्नुपर्ने काम बारे छलफल गर्दै आएको बताइरहेका छन्। नगर कमिटी अध्यक्ष देउला र जिल्ला कमिटी सदस्य पन्त पनि मेयरका लागि पहल गरिरहेका छन्। यी पाँच जनाको नाम जिल्ला कमिटीमा पठाइएको र त्यहाँबाट केन्द्रमा सिफारिस गरिनेछ। जिल्लाले उम्मेदवार सिफारिसमा परेका बारे राय सहित प्रदेशलाई जानकारी दिनेछ। प्रदेशले नाम केन्द्रमा पठाएपछि केन्द्रले उम्मेदवार तय गर्नेछ।

उपमेयरमा भने नाम सिफारिस भइसकेको छैन। अध्यक्ष देउलाले उपमेयरका लागि छलफल भइरहेको बताए। महानगरका १६ वडाका लागि वडाध्यक्षमा नाम तय गरिसकिएको पनि उनले बताए। अरू वडाका लागि छलफल जारी रहेको उनको भनाइ छ। वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ मा उम्मेदवारले मनोनयन पत्र दर्ता गर्नुपर्ने हुन्छ। एमालेले स्थानीय तहमा सर्वसम्मत तरिकाले उम्मेदवार छान्ने भने पनि पहिले आफूले जितेका क्षेत्रमा भने एक भन्दा बढीका नाम सिफारिस भइरहेका छन्। आकांक्षी धेरै हुँदा आन्तरिक मतदान गरी उम्मेदवार सिफारिस समेत हुन थालेका छन्।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports