प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यी ७० अस्पताल बाट हुन्छ मिर्गौला रोगीको निशुल्क डायलासिस

728
shares

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक वर्ष ३ हजार नयाँ बिरामी उपचारमा थपिने गरेका छन् भने ४ हजार बढी मानिसले डायलाइसिस गराइरहेका छन् ।

सरकारले मिर्गौला फेल भएका विपन्न बिरामीलाई आजीवन निःशुल्क डायलाइसिस गराउने व्यवस्था गरेको छ । मापदण्ड पुगेका सरकारी अस्पतालहरू बाट निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा दिइँदै आएको छ भने प्रत्यारोपण गरेका बिरामीका लागि उपचार तथा औषधि खर्च बापत लागि १ लाख रुपैयाँ प्रदान गरिन्छ । त्यस्तै निःशुल्क डायलायसिस सेवाका लागि देशभरका ७० वटा अस्पताल छुट्याइएको छ । ती अस्पतालमा दैनिक १ देखि ४ सिफ्टमा डायलायसिस सेवा प्रदान गरिन्छ ।

यी हुन् निशुल्क डायलायसिस सेवा ७० अस्पताल :

१. वीर अस्पताल, काठमाडौं
२. त्रिवी शिक्षण अस्पताल, काठमाडौं
३. नेपाल मेडिकल कलेज, काठमाडौं
४. राष्ट्रिय मिर्गौला उपचार केन्द्र, काठमाडौं
५. नेसनल डायलायसिस सेन्टर, काठमाडौं
६. हिमाल अस्पताल, काठमाडौं
७. भेनस अस्पताल, काठमाडौं
८. वीरेन्द्र सैनिक अस्पताल काठमाडौं
९. नेपाल प्रहरी अस्पताल, काठमाडौं
१०. ब्लुक्रस अस्पताल , काठमाडौं
११. ग्रिनसिटी अस्पताल, काठमाडौं
१२. ग्रान्डी अस्पताल, काठमाडौं
१३. मनमोहन मेमोरियल अस्पताल काठमाडौं
१४. ओम अस्पताल, काठमाडौं
१५. पाटन अस्पताल, ललितपुर
१६. बयोधा अस्पताल, ललितपुर
१७. अल्का अस्पताल, ललितपुर
१८. आरोग्य स्वास्थ्य प्रतिष्ठान, ललितपुर
१९. बी एण्ड बी अस्पताल ललितपुर
२०. सुमेरु अस्पताल, ललितपुर
२१. राष्ट्रिय मिर्गौला उपचार केन्द्र (शाखा) ललितपुर
२२. नेपाल मेडिसिटी अस्पताल, ललितपुर
२३. किष्ट मेकिडल कलेज अस्पताल, ललितपुर
२४. शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर
२५. धुलिखेल अस्पताल, काभ्रे
२६. चुरेहिल अस्पताल, हेटौंडा
२७. चरक मेमोरियल हस्पिटल, पोखरा
२८. गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवल
२९. नोबेल मेडिकल कलेज अस्पताल, विराटनगर
३०. नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी अस्पताल, विराटनगर
३१. लेकसिटी अस्पताल, पोखरा
३२. क्रिमसन अस्पताल, रुपन्देही
३३. मेची अस्पताल, झापा
३४. विर्तासिटी अस्पताल, झापा
३५. पाथिभरा अस्पताल, झापा
३६. धौलागिरी अस्पताल, बाग्लुङ
३७. नेसनल मेडिकल कलेज, वीरगञ्ज
३८. जानकी हेल्थकेयर, जनकपुर
३९. भरतपुर अस्पताल, चितवन
४०. प्रदेश अस्पताल, सुर्खेत
४१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
४२. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्की
४३. गजेन्द्र नारायणसिहं अस्पताल, सप्तरी
४४. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
४५. नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज
४६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
४७. कोशी अस्पताल, विराटनगर
४९. प्रादेशिक अस्पताल, जनकपुर
५०. भेरी अस्पताल, बाँके
५१. सेती अस्पताल, कैलाली
५२. गण्डकी मेडिकल कलेज, पोखरा
५३. युनिभर्सल मेडिकल कलेज भैरहवा
५४. चितवन मेडिकल कलेज, चितवन
५५. कलेज अफ मेडिकल साइन्सेस, भरतपुर
५६. नेपालगञ्ज मेकिडल कलेज, बाँके
५७. मणिपाल शिक्षण अस्पताल, पोखरा
५८. गोल्डेन अस्पताल, विराटनगर
५९. सिद्धार्थनगर सिटी अस्पताल, बुटवल
६०. लुम्बीनी प्रादेशिक अस्पताल, बुटवल
६१. बेनी अस्पताल, म्याग्दी
६२. पर्वत अस्पताल, पर्वत
६३. स्याङजा अस्पताल, स्याङजा
६४. सिद्धबाबा अस्पताल, बुटवल
६५. सिराहा अस्पताल, सिराहा
६६. राष्ट्रिय मिर्गौला उपचार केन्द्र शाखा रामेछाप
६७. राष्ट्रिय मिर्गौला उपचार केन्द शाखा, रत्ननगर
६८. रािष्ट्रय मिर्गौला उपचार केन्द्र, शाखा विराटनगर
६९. रािष्ट्रय मिर्गौला उपचार केन्द्र, शाखा, दमौली
७०. विराटनगर अस्पताल प्रालि, मोरङ

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports