प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले महासचिवले भने कमल थापालाई साथ दिनुपर्छ

624
shares

काठमाडौं । एमाले महासचिव शंकर पोखरलले सूर्य चिह्न अरू दलले स्वीकार्नु सकारात्मक भएको बताएका छन् ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी स्थानीय चुनावमा सूर्य चिह्नबाट चुनाव लड्ने प्रसंग बारे बिहीबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले विखण्डनलाई छोड्दा सीके राउतलाई, हिंसालाई छोड्दा नेत्रविक्रम चन्द ‘विप्लव’लाई र राजतन्त्रलाई छोड्दा कमल थापालाई साथ दिनुपर्ने बताएका छन् ।

“विखण्डनलाई छोड्दा सिके राउतलाई, हिंसालाई छोड्दा विप्लवलाई र राजतन्त्रलाई छोड्दा कमल थापालाई साथ दिनु आवश्यक छ । सूर्य चिह्न अरू दलले स्वीकार्नु राम्रो कुरा हो,” उनले भनेका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports