प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नर्भिक एनिभर्सरी अफर, छुटै छुटको ब्यबस्था

572
shares

काठमाडौँ, १ वैशाख । नेपालमा विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटल स्थापनाको २९ औं वर्षमा प्रवेश गरेको छ ।अस्पतालले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा क्यान्सर स्क्रिनिङ सँग सम्बन्धित नयाँ प्याकेजहरुको घोषणा गरेको छ भने केही पुराना प्याकेजहरुमा विशेष छुटको अफर समेत सार्वजनिक गरेको छ । नर्भिकले निकट भविष्यमै क्यान्सरको समेत विश्वस्तरीय उपचार सेवा थालनी गर्दैछ । यसैको पूर्वतयारी स्वरुप अस्पतालले क्यान्सर सँग सम्बन्धित हेल्थ प्याकेजहरु डिजाइन गरी छुटको अफर समेत सार्वजनिक गरेको हो ।

वार्षिकोत्सवको अवसर पारेर नर्भिकले क्यान्सर सँग सम्बन्धित ३ वटा हेल्थ प्याकेजहरु ल्याएको छ । नर्भिकले ४० वर्ष भन्दा माथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको विशेष प्याकेज घोषणा गरेको छ । यो प्याकेजको शुल्क बैशाख महिना भरिलाई ३० प्रतिशत छुट गरी रु. १४००० कायम गरिएको छ । ४० वर्ष माथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको यो विशेष प्याकेज हो । यस अन्तर्गत १० खालका विशेष परीक्षण तथा विशेषज्ञको विशेष परामर्श सेवा समेत समावेश गरिएको छ । यस्तै, ४० वर्ष वा सो भन्दा कम उमेरका महिलाहरुमा क्यान्सर पत्ता लगाउने गरी अर्को प्याकेज समेत डिजाइन गरिएको छ । यो प्याकेजमा समेत बैशाख महिना भरि ३० प्रतिशत छुटको घोषणा गरिएको छ । यस अन्तर्गत ८ वटा विशेष परीक्षण तथा विशेषज्ञको परामर्श सेवा समेत समावेश गरिएको छ । यो प्याकेजको अफर रेट रु. ११००० रहेको छ।

अस्पतालले ४० वर्ष वा सोभन्दा बढी उमेरका पुरुषहरुका लागि समेत क्यान्सर स्क्रिनिङको सुलभ प्याकेज घोषणा गरेको छ । यो प्याकेजको शुल्कमा समेत बैशाख ३१ सम्म ३० प्रतिशत छुट पाइन्छ । यो प्याकेज रु. ५५०५ मै उपलब्ध हुने अस्पतालले जनाएको छ । यस अन्तर्गत ८ खालका विशेष परीक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ । यस्तै, नर्भिकले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘एनिभर्सरी प्याकेज’ समेत घोषणा गरेको छ । यो प्याकेज विशेष खालको फूलबडी चेकअप प्याकेज हो । यो प्याकेजमा २० वटा विशेष खालका परीक्षण समावेश गरिएको छ । साबिकको शुल्कमा ३० प्रतिशत छुट गरी यो प्याकेज १८७०० रुपैयाँमा खरीद गर्न सकिनेछ । यो प्याकेज आगामी आइतबार अर्थात बैशाख ४ गतेदेखि लागू भई १० दिनसम्मका लागि रहनेछ ।

यसैगरी, नर्भिक अस्पतालले एनिभर्सरीकै अवसर पारेर अस्पताल बाट उपलब्ध हुँदै आएका अन्य हेल्थ प्याकेजहरुमा समेत छुटको अफर सार्वजनिक गरेको छ । यो प्याकेज अन्तर्गत बैशाख ४ गते आइतबार देखि अस्पतालमा परामर्श सेवा तथा चेकजाँचका लागि आउने बिरामीहरुलाई एउटा विशेष कुपन उपलब्ध गराइनेछ । सो कुपनले बैशाख भरि नै अस्पतालको जुनसुकै प्याकेज लिएर १० प्रतिशत छुटको सुविधा पाउन सकिनेछ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports