प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रहरी संरचना केन्द्रीय सरकार मातहत मै रहने

559
shares

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लाको प्रहरी संरचना केन्द्र मातहत हुने गरी अध्यादेश जारी गरेको छ । संघीय संसदको अधिवेशन अन्त्य भएको मौकामा सरकारले गत २२ चैतमा जारी गरेको अध्यादेशमा काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको शान्ति सुरक्षाको सिधै केन्द्र मातहत हुने उल्लेख छ । बागमती प्रदेश प्रहरीको अधिकारी कटौती हुने गरी व्यवस्था गरिएको अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई त्यही नामको अध्यादेश २०७८ का नाम बाट जारी भएको हो । ऐनको दफा १० मा भएको व्यवस्थामा ‘क’ थपेर उपत्यकाका तीन जिल्लाका जिल्ला प्रहरी कार्यालय सोझै नेपाल प्रहरी मातहत हुने बनाइएको छ । अध्यादेशमा भनिएको छ, ‘काठमाडौं, भक्तपुर र ललितपुरमा प्रदेश प्रहरीको काम कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने ।’ अध्यादेशमा ती कामका लागि नेपाल प्रहरी मातहत तीन वटै जिल्लामा प्रहरी कार्यालय हुने उल्लेख छ ।

संघीय प्रहरी ऐन बन्न नसकेका कारण हाल उपत्यकाका प्रहरी कार्यालयहरु नेपाल प्रहरी मातहत थिए । सरकारले ऐन जारी नगरेपछि प्रदेश सरकारले धमाधम प्रदेश प्रहरी ऐन ल्याएर प्रहरी भर्ना गर्ने चेतावनी दिन थाले । त्यही क्रममा कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय ऐन जारी भएको थियो । काठमाडौं उपत्यकामा ऐनको प्रावधान कार्यान्वयन हुन नपाउँदै सरकारले अध्यादेश मार्फत उपत्यकामा संघीय तहको प्रहरी मात्रै रहने व्यवस्था मिलाएको हो ।

अध्यादेशमा ऐनको दफा ८ को उपदफा १ (झ) को व्यवस्था झिकिएको छ । उक्त उपदफामा प्रदेश कारागार, हिरासत कक्ष, कैदीबन्दीको व्यवस्थापन तथा सुरक्षा व्यवस्था मिलाउने जिम्मेवारी प्रदेश सरकारको हुने उल्लेख थियो । अध्यादेशमा ‘व्यवस्थापन’ भन्ने शब्द झिकिएको छ । यस बाट प्रदेश कारागार व्यवस्थापनको जिम्मेवारी प्रदेश प्रहरीको साटो नेपाल प्रहरीमा रहने भन्ने व्यवस्था मिलाइएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports