प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज काँग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठक बस्दै

559
shares

काठमाडौं । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक शुक्रबार बस्दैछ । स्थानीय तहको निर्वाचनका सन्दर्भमा छलफल गर्न दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउने लगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको समितिको आजको बैठकले प्रदेश स्तरीय गठबन्धनको संयन्त्रलाई सहजीकरण गर्न सातै प्रदेशमा सहमहामन्त्रीलाई पठाउने छ । समितिमा काँग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports