विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाङमा ऐतिहासिक थारु मादल‘मन्ड्रा’ प्रशिक्षण सम्पन्न

585
shares

काठमाडौं। लुम्बिनी प्रदेश स्तरीय मौलिक नेपाली लोकबाजा थारु मादल ‘मन्ड्रा’दाङ घोराही उपमहानगरपालिका गुलरीयामा संचालन भएको प्रशिक्षण कार्यक्रम बैशाख १ गते औपचारिक रुपमा समापन भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारी सभा दाङको स्थानीय ब्यवस्थापनमा संचालित उक्त कार्यक्रम चैत २२ बाट सुरुभएको थियोे ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २८जना थारु समुदायका महिला तथा पुरुष सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षक बरिष्ठ तालबादक खड्ग बुडा मगरले सैद्धान्तिक तथा ब्यावहारिक ज्ञानको तालिम दिनु भएको थियोे । समापन समारोह प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा कार्यक्रम संयोजक अशोक कुमार राईको सभापतित्व तथा राष्ट्रिय नाच घर काठमाडौंका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आथित्यतामा भएको थियो । समापन समारोहमा प्रशिक्षार्थीहरुले तालिममा सिकेका त्रसान,सखियापैया,ठरपैया,मघौटाका विभिन्न तालहरु स्वरलिपी हेरेर मादल बादन गरेका थिए।

प्रमुखअतिथी प्रेमनाथ अधिकारी, थारु कल्याणकारीणि सभादाङका अध्यक्ष भुवन चौधरी, प्राज्ञ डा. गोबिन्दआचार्य,प्रेस चौतारीका केन्द्रियउपाध्यक्ष सबिन प्रियासन, दाङ उद्योग बाणिज्य संघका उपाध्यक्ष अनिल आचार्य लगायत स्थानीय समाज सेवीहरुले समापन कार्यक्रमलाई सम्बोध नगर्नु भएको थियोे ।ऐतिहासिक थारु मौलिक बाजा मादल ‘मन्ड्रा’ प्रशिक्षण पहिला ेपटक स्वर लिपी तयार गरि १० दिनसम्म प्रशिक्षण गरिएको थियोे ।

दाङ घोराहि स्थितका बिला रिसोर्टमा आयोजित समापन कार्यक्रम थारु कल्याणकारीणि सभा क्षेत्र नम्बर २ का अध्यक्ष अनिल चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमलाई प्रशिक्षार्थी तथा कार्यक्रमका संयोजक कुलबिर चौधरीले सञ्चालन गर्नु भएको थियोे भने प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि प्रेमनाथ अधिकारीद्वारा प्रमाणपत्र प्रदान गरिएको थियोे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports