kumari
stcnepal

चेपाङ्ग बस्ती गोठ भएछन्

काठमाडौं । तत्कालीन नेकपा माओवादीले जनतालाई न्याय भएन शासक वर्गले अन्याय गरे भनेर १० वर्षे जनयुद्ध नै चलायो । उसले चलाएको १० वर्षे जनयुद्धमा १७ हजार भन्दा बढी मानिसको ज्यान गयो हजारौ हजारौ व्यक्तिहरु अपाङ्ग भए आफ्नै देश भित्र नागरिकहरुले शरणार्थीका रुपमा जिउन बाध्य पारिए । अहिले त्यही माओवादी सत्तामा रहेको छ । गरीव र निमुखा व्यक्तिलाई जनयुद्दका बेला आश्रय दिएका माओवादीका नेताहरुले अहिले तिनै गरीव र निमुखा जनतामाथी प्रहार गरीरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जको कुसुमखोलामा आश्रय लिइरहेका चेपागंहरुको घर मध्य वर्षमा हात्ति लगाएर भत्काएको छ । घर भत्काइसकेपछि आगो लागाएर नष्ट पारियो ।

आगे लागएर घर ध्वस्त पारिएपछि वनमन्त्री शक्ति बहादुर वस्नेत भनाई सार्वजनिक भएको छ । मन्त्री बस्नेतले एउटा गुन्द्री र गोठ मात्र जलाएकको अभिव्यतिm दिएका छन् । जिम्मेवारी मन्त्रिले दिएको यस्तो भनाइले चेपागं मात्र होइन सबै नेपाली जनताको मन दुखेको छ । मन्त्रीजस्तो जिम्मेवार पदमा वसेका व्यतिmले घटनाको छानविन हुदै छ दोषीलाई कारवाही हुनेछ भने अभिव्यक्ति दिनुपर्नेमा एउटा गुन्द्री र गोठमात्र जलाएको अभिव्यक्ति दिनुले उनी कतिसम्म अहंकारी रहेछन् भन्ने पुष्ठी भएको छ ।

मध्यवर्षायाममा गरीब जनताको उठीबास लगाउने अधिकार मन्त्री लाई छैन । सत्ताले मानिसलाई कतिसम्म अन्धकारी वनाउदो रहेछ भन्ने प्रमाण मन्त्री बस्नेत नै भएका छन् । कुनै समयमा गरीब जनताका मुक्तिका लागि वन्दुक वोकेका व्यक्तिले आज तिनै गरीब जनतामाथि प्रहार गरेका छन् । तिनै गरीब जनताको लासमा टेकेर तत्कालीन माओवादी सिहंदरवारमा प्रवेश गरेको हो । गरीव जनतालाई धेरै समय ढाट्न सकिदैन भनेर नै तत्कालीन माओवादी नेपाल कम्युनिष्ठ पार्टी एमालेमा एकीकृत भयो । पार्टी एकीकृत भएपछि माओवादीले उठाउँदै आएका मुद्दासमेत सकिएका छन् ।

पछिल्लो समयमा तत्कालीन माओवादीका नेताहरुका अभिव्यतिmले पार्टी किन नेकपा एमालेमा विलय भएछ भनेर सहजै बुझ्न सघाउँछ । पूर्व माओवादीबाट मन्त्री बनेकाहरुका अभिव्यतिm उनीहरु जसरी भएपनि आफुहरु सुरक्षित हुन् खोजेको आभास पाउन थालिएको छ । विभिन्न षडयन्त्र गरेर राजा फलियो तर प्रवृति फेरिएन मन्त्री बस्नेतले चेपागंहरुका घरलाई गाईगोठ मात्र देखें ।

footer