प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतमा पुन बढ्यो कोरोना, बिधालयहरू बन्द

494
shares

काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो दिनहरुमा पुन: कोरोना संक्रमणदर बढ्दै गएको छ । यो सँगै कोरोना महामारीको चौथो लहर सुरु हुन लागेको अनुमान गर्न थालिएको छ ।भारतका कुल ७३४ जिल्ला मध्ये हाल २९ जिल्लामा कोरोना पोजेटिभ हुनेको दर ५ प्रतिशत भन्दा बढी रहेको छ भने २३ जिल्लामा १० प्रतिशत भन्दा बढी र ८ जिल्लामा २० प्रतिशत भन्दा बढी रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ५ प्रतिशत भन्दा बढीको संक्रमण दरलाई चिन्ताजनक अवस्थाको रुपमा लिने गरिन्छ । भारतमा पछिल्लो दुई दिनमा मात्र १ हजार भन्दा बढी संक्रमित थपिएको स्थानिय सञ्चार माध्यमले जनाएका छन् । कोरोना संक्रमणदर बढ्दै गए पछि भारतमा आगामी महिना संचालन हुने भनिएको सिबीएसईको परिक्षा समेत सर्न सक्ने बताइएको छ भने नयाँ दिल्ली स्थित केही विद्यालयहरु पुनः बन्द भएका छन् ।

भारतमा हाल सम्म ४ करोड ३० लाख मानिस कोरोना संक्रमित भएका छन् भने ५ लाख छ हजार मानिसले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छ्न् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports