kumari
stcnepal

भारतमा पुन बढ्यो कोरोना, बिधालयहरू बन्द

काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो दिनहरुमा पुन: कोरोना संक्रमणदर बढ्दै गएको छ । यो सँगै कोरोना महामारीको चौथो लहर सुरु हुन लागेको अनुमान गर्न थालिएको छ ।भारतका कुल ७३४ जिल्ला मध्ये हाल २९ जिल्लामा कोरोना पोजेटिभ हुनेको दर ५ प्रतिशत भन्दा बढी रहेको छ भने २३ जिल्लामा १० प्रतिशत भन्दा बढी र ८ जिल्लामा २० प्रतिशत भन्दा बढी रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ५ प्रतिशत भन्दा बढीको संक्रमण दरलाई चिन्ताजनक अवस्थाको रुपमा लिने गरिन्छ । भारतमा पछिल्लो दुई दिनमा मात्र १ हजार भन्दा बढी संक्रमित थपिएको स्थानिय सञ्चार माध्यमले जनाएका छन् । कोरोना संक्रमणदर बढ्दै गए पछि भारतमा आगामी महिना संचालन हुने भनिएको सिबीएसईको परिक्षा समेत सर्न सक्ने बताइएको छ भने नयाँ दिल्ली स्थित केही विद्यालयहरु पुनः बन्द भएका छन् ।

भारतमा हाल सम्म ४ करोड ३० लाख मानिस कोरोना संक्रमित भएका छन् भने ५ लाख छ हजार मानिसले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छ्न् ।

 

 

footer