प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रूसी रक्षामन्त्रीलाई हृदधात

520
shares

काठमाडौं ।२४ फेब्रुवरीमा युक्रेनमा युद्ध सुरु गरे देखि युक्रेनमा तैनाथ रुसी सेनाहरूले रणनीति परिवर्तन गर्न र धेरै कठिनाइहरूको साक्षी बन्न बाध्य छन् । रुसी रक्षामन्त्री सर्गेई सोइगुका युक्रेनी योजना अलमल परेका देखिन्छन् । ६६ वर्षीय नेतालाई ठूला हृदयघात भएको र उनी अहिले आफ्नो जीवनका लागि संघर्ष गरिरहेका प्राप्त विवरणहरुमा जनाइएको छ ।

सोइगुलाई सघन उपचार कक्षमा राखिएको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधीका अनुसार मन्त्रीलाई अस्वभाविक हृदयाघात भएको छ । फेसबुकमा ६२ वर्षीय रुसी व्यापारी लियोनिद नेभ्जलिनले भनेका छन्, ‘सोइगु खेल बाट बाहिर छन्, बाँचे भने उनी अशक्त बन्न सक्छन् । उनलाई अचानक हृदयघात भयो । प्राकृतिक कारणले हृदयाघात नभएको हल्ला चलेको छ ।’

युक्रेन हमलामा रुसले ठूलो क्षति ब्यहोरोको किभले दाबी गर्दै आएको छ । आफ्ना सेनाको सशक्त प्रतिकारका कारण रुसले १५ हजार भन्दा बढी सेना गुमाएको युक्रेनी पक्षको दाबी छ । रुसी सेनाका ठूलो संख्यामा जहाज तथा हेलिकोप्टरमा क्षति गरेको युक्रेनको दाबी छ । एजेन्सी

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports