प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मेयर सहित हजारौलाई एमालेमा प्रवेश गराउन आज अध्यक्ष ओली सर्लाही जादै

520
shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)वाट विजयी कबिलासी नगरपालिका प्रमुख कौशल किशोर यादव अन्तत: नेकपा एमाले प्रवेश गर्ने भएका छन् । सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रम मार्फत मेयर यादव लगायत बिभिन्न पार्टीबाट विजयी वडा अध्यक्ष र विगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरूलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने छन् ।

‘मेयर, वडा अध्यक्षहरू, विगतमा निर्वाचनमा मेयर र गाउँपालिकाका अध्यक्षका प्रत्यासीहरुलाई पार्टी प्रवेश गराउनका लागि अध्यक्षज्यू आज सर्लाही आउँदै हुनुहुन्छ’ एमाले केन्द्रीय सदस्य बद्री न्यौपानेले भने, ‘झन्डै ५ हजार जना आज एमाले प्रवेश गर्नेछन् ।’ उनका अनुसार सर्लाही सदरमुकाम मंलगवामा आयोजना हुने आमसभालाई ओली लगायतका एमालेका अन्य शिर्ष नेताहरुले सम्वोधन गर्ने छन ।

उनका अनुसार आज हुने पार्टी प्रवेश कार्यक्र मार्फत लालबन्दी नगरपालिका–११ मा माओवादी बाट विजयी वडा अध्यक्ष दिपक लामा, जनता समाजवादी पार्टी बाट पर्सा गाउँपालिका–३ मा विजयी वडा अध्यक्ष भीखारी साह सहित कांग्रेस बाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्यासी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादी बाट मेयरका प्रत्यासी रामविश्वास राय लगायत बिभिन्न पार्टीका जिल्ला स्तरीय दर्जनौं नेताहरु एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports