गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अख्तियारको औचित्य समाप्त भएकै हो त ?

741
shares

काठमाडौ । भ्रष्टाचारलाई नियन्त्रण गर्ने मुख्य उद्देश्य राखेर गठन भएको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग माथि विभिन्न समयमा विभिन्न आरोपहरु लाग्दै आएपनि आयोगले भने स–साना भ्रष्टाचारहरुमा मात्र हात हालेर आफ्नो कर्तव्य निभाउँदै आएको छ । खरिद प्रक्रियामा भएका भ्रष्टाचारहरुमा छानविन भईरहेको बताएतापनि उसले ठुलाठुला भ्रष्टाचारका विषयमा छानविन भइरहेको भन्दै आएको छ ।

अख्तियारको वार्षिक प्रतिवेदनमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको श्रावण ११ गते भएको छलफलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताका बारेमा छानविन भईरहेको बताएका भएपनि समितिका सदस्यहरु भने प्रमुख आयुक्तको भनाईबाट सन्तुष्ट हुन सकेनन् ।

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितता ठुलाठुला टेण्डर वाइडबडी जहाज खरिद काण्ड, तत्कालिन माओवादीका लडाकुहरु राखिएका शिविरमा भएको भ्रष्टाचार काण्ड लगायतका दर्जनौँ उजुरीहरु परेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न खरिद गरिएको औषधी र उपकरणमा समेत अनियमितता भएको प्रष्ट रुपमै देखिएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्री लगायत अन्य व्यक्तिहरुको विरुद्धमा अख्तियारमा उजुरी परेपनि त्यस विषयमा अख्तियारले छानविन गरिरहेको भन्दै उम्किने प्रयास मात्र गरेको छ ।

अधिकांश भ्रष्टाचारका मामलामा राजनीतिक दलका नेताहरु नै संलग्न हुने गरेका हुनाले उनीहरुलाई कारबाही गर्न अख्तियारले खुट्टा कमाउने गरेको छ । त्यसमा पनि सत्ताधारी दलकै नेताहरु नै भ्रष्टाचारमा मुछिँदै आएका छन् । अख्तियारमा राजनीतिक भागवण्डाका आधारमा प्रमुख आयुक्त र अन्य आयुक्तहरु नियुक्ति हुने भएकाले आफूहरुलाई नियुक्त गर्नेहरुमाथि नै अख्तियार पदाधिकारीहरुले कारबाही गर्न सक्ने सम्भावना नरहेपछि अख्तियारले स–साना भ्रष्टाचारीहरुलाई मात्र भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाउने गरेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेकपाका सांसद विजय सुब्बाले त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको औचित्य नै सकिएको भन्दै त्यसलाई खारेज गर्ने माग समेत गरेका छन् । उनको आरोप थियो अख्तियार भ्रष्टाचारीहरुलाई क्लिन चिट लिने ठाउँमात्र भएको छ । कारबाहीको नाममा झुल्याएर राख्ने ठाउँ अख्तियार भएकाले त्यसलाई हटाउनुपर्ने माग उनले गरेका थिए । समितिको बैठकमा बोल्ने अधिकांश सांसदहरुले अख्तियारको कामप्रति रोष प्रकट गरेका थिए । राजनीतिक क्षेत्र नै भ्रष्टाचारको जड भएकाले अख्तियारले काम गर्न सक्ने अवस्था नरहेको र सत्ता समर्थकहरुलाई बचाउने संस्थाका रुपमा अख्तियार चिनिँदै गएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports