चितवनका कांग्रेस नेता तथा कार्यकर्ताद्धारा सामूहिक राजिनामा, कांग्रेस दवावमा
वि.सं.२०७९ वैशाख ३ शनिवार १७:११
shares

चितवन । चितवनमा कांग्रेसका दर्जनौं कार्यकर्ता पार्टी सदस्य बाट राजीनामाको घोषणा गरेका छन् । भरतपुर महानगरपालिकाको मेयर पद अर्को पार्टीलाई दिन लगेको भन्दै उनीहरुले सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।
शनिबार भरतपुर–१७ बेलुवा टोलमा गरिएको कार्यक्रममा ५० जनाले स्वतन्त्र अभियानका लागि भन्दै सामूहिक राजीनामा गरेका छन् । स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा भएको क्रियाशील र साधारण सदस्यको भेलामा उनीहरूले स्वतन्त्र रहेको घोषणा गरेका हुन् ।
राजीनामा घोषणा गर्नेमा पूर्व वडाध्यक्ष, पार्टीका पूर्व वडा सभापतिहरू पनि छन् । उनीहरूले पार्टीको नेतृत्व सत्तालिप्त भएको आरोप लगाउँदै स्वतन्त्र अभियान चलाउने घोषणा गरेका थिए।
गत बुधबार मात्रै महानगरका वडा सभापतिहरुले भरतपुर महानगरको मेयर पार्टीले नपाए २९ वटै वडामा वडाध्यक्ष र सदस्यका स्वतन्त्र उम्मेदवार खडा गर्ने घोषणा गरेका थिए। उनीहरूले उक्त निर्णय पार्टी सभापति राजेश्वर खनाललाई बुझाएका थिए ।







































