विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेसबादी दलहरू नै मधेसको बिकास बिरोधी रहे : अध्यक्ष ओली

572
shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेसमा नागरिकता पाउन बाट बन्चित रहेका नागरिकलाई नागरिकता दिलाउने आश्वासन दिनुभएको छ । अब आउने सङ्घीय संसद्को निर्वाचन पछि एमालेको नेतृत्वमा सरकार बन्ने र त्यसले नागरिकता विधेयक पारित गर्ने उहाँले दाबी गर्नुभयो । आज सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो विचार व्यक्त गर्नुभएको हो ।

उहाँले स्थानीय तहको निर्वाचनमा एमालेलाई विजयी गराउन आग्रह पनि गर्नुभयो । अध्यक्ष ओलीले आफूलाई मधेसको मसिहा भन्ने मधेस केन्द्रित दलहरुले मधेसको विकासमा अवरोध गरिरहेको आरोप लगाउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले मधेसको खानेपानी, सडक, ढल, सिचाइ जस्ता समस्या प्रति आफू जानकार रहेको भन्दै एमालेको सरकार आएपछि ती क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीलाई एक सय एक किलोको मालाले स्वागत गरेका थिए । उहालाई एमाले जिल्ला कमिटी सर्लाहीले एक सय एक केजीको माला लगाएर स्वागत गरेको थियो ।कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित कविलासी नगरपालिकाका प्रमुख कौशलकिशोर यादव, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य केशवप्रसाद ढुङ्गाना सहित विभिन्न पार्टीका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको छ । जनसभालाई एमालेका मधेस प्रदेश कमिटीका इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह लगायतले सम्बोधन गर्नुभयो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports