विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोलि सम्म सत्ता गठबन्धनले महानगरको भागवण्डा टुंगो लगाउने

676
shares

काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डा सोमबार सम्म टुंगो लगाउने भएको छ।

आज आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलि सम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले जनाएका छन् ।

यसअघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्र बाटै गर्ने सहमति गरिसकेको छ । त्यस्तै सबै प्रदेशमा तालमेलको अवस्था बारे सोमबार नै कार्यदलको रिपोर्ट लिने बैठकले निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । गठबन्धनले स्थानीय तहको तालमेलको अवस्था बारे बुझ्न केन्द्र, प्रदेश र स्थानीय तहमा संयन्त्र निर्माण गरेको थियो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports