kumari
stcnepal

७ अङ्कले बढ्यो नेप्से प्रिओपन सेसनमा

काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७ अङ्क भन्दा धेरैले बढेर कारोबार भएको छ । यो सँगै समग्र बजार २४२२ विन्दुमा पुगेको छ । गत विहीबार पनि नेप्से दोहोरो अङ्कले बढेर बजार बन्द भएको थियो ।

यो सेसनमा आज १८ कम्पनीहरूको मात्र शेयर किनबेच भएको छ । जसमध्ये १७ कम्पनीको शेयर मूल्य बढेको छ भने कारोबार भएका मध्य अपि पावर कम्पनीको अग्रस्थानमा रहेको छ । ४ लाख ६ हजार माथिको शेयर किनबेच हुँदा आधा दर्जन कम्पनीको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बढेको छ ।

बीमा र बैंक क्षेत्रमा लगानीकर्ताको आकर्षण रहँदा एक कम्पनीको मात्र शेयर मूल्य ओरालो लागेको छ । एक उपसूचक बाहेक सबै उपसूचक हरियो हुँदा ११ सय कित्ता शेयर किनबेच भएको छ ।

 

 

footer