२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेश प्रदेशमा पनि एमालेकै बलियो प्रभाव

884
shares

काठमाडौं । स्थानीय तहको निर्वाचनमा आक्रामक सभा र कार्यक्रममा जुटेको नेकपा एमालेले मधेसमा बलियो प्रभाव राख्नेगरी गृहकार्य अघि बढाएको छ। अध्यक्ष केपी शर्मा ओली अहिले मधेस केन्द्रित कार्यक्रम र सभामा अभ्यस्त छन्। हिमाल र पहाडमा राम्रो पकड बनाएको एमाले विरूद्ध मधेसमा फैलाइएको अफवाहलाई चिर्नका लागि अध्यक्ष ओली सक्रिय भएका हुन्।

शनिबार मात्र सर्लाहीमा निर्वाचित जनप्रतिनिधि सहित ५ हजार जना एमालेमा प्रवेश गराएका ओली त्यसको केही दिन अघि जनकपुर पुगेका थिए। मधेसमा प्रभाव राखेको भनिएको जनता समाजवादी पार्टीका नेता कार्यकर्ता नै एमाले प्रवेश गरिरहेका छन्।

वीरगञ्जका मेयर देखि अन्य पालिकाका प्रमुख, उपप्रमुखलाई पनि ओलीले एमालेमा प्रवेश गराइसकेका छन्। ‘देशैभरी एमालेको प्रभाव बलियो छ। मधेसमा केही कमजोर हो कि भन्ने थियो तर अहिलेको उभार देख्दा एमाले प्रतिको आकर्षण र अध्यक्ष ओलीको प्रभाव असामान्य छ’, एक नेता भन्छन्।

मधेस प्रदेशका ८ जिल्ला बाहेक अन्य प्रदेशका तराईका जिल्लामा पनि एमालेले सभाका तयारी गरिरहेको छ। ‘गठबन्धन दलले केही कार्यक्रम गर्न नसकेका बेला एमालेको प्रभाव बलियो छ’, नेताहरू भन्छन्।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports